काठमाडौं । एक आमाले आफ्ना सन्तानका लागि के–के गर्न सक्छिँन् ? तर भारतको बिहार राज्यको पटनामा जे भयो त्यो सबैलाई विश्वास गर्न गाह्रो लाग्न सक्छ ।

 

त्यहाँको शाहजहाँपुर प्रहरी चौकी हसनपुर गाउँको महुआ फ्लोर नजिक प्रेमाशीला देवी नाम गरेकी एउटी महिलाले आफ्नै पाँच वर्षको छोराको जीवन लिएर लाशलाई पानीले भरिएको नालीमा फा–लेकी छिन् ।

 

 

महिलाले यस्तो गर्दै गर्दा वरपरका मानिसहरूले यो देखे, महिलालाई पछ्याउँदै गर्दा उनको परिवार पनि घटनास्थलमा पुगेको बताइएको छ । परिवारले बच्चाको लाश पानीबाट निकालेर लिएर गएका थिए । प्रहरीले बालकको लाश उनको घरबाट नियन्त्रणमा लिएर परीक्षणका लागि पटना पठाएको छ ।

 

 

 

ति आमालाई नियन्त्रणमा लिएको पनि प्रहरीले जानकारी गराएको छ । प्रहरी अधिकारी अमरेन्द्र कुमारले प्रेमेशिला देवी बहादुरचोक निवासी डोमन चौधरीकी छोरी हुन् । प्रहरीले उनलाई नियन्त्रणमा लिएर सोधपुछ गरीरहेको छ । अहिलेसम्म कारण पत्ता लाग्न सकेको छैन । अनुसन्धानले ति महिलाको तीन विवाह भएको कुरा पत्ता लागेको छ ।

 

 

पहिलो विवाह नालन्दाको इन्दौट गाउँमा मनोज चौधरीसँग भयो । मनोजको मृत्युपछि प्रेमेशिलाले मुस्तफापुर गाउँमा दोस्रो विवाह गरेकी थिइन् । विवाहपछि उनका दोस्रो श्रीमानको पनि मृत्यु भयो तर दोस्रो श्रीमानबाट उनीसँग एक छोरी थिइन् । ति महिलाले त्यसपछि नालन्दामा तेस्रो विवाह गरिन् । जसबाट छोराको जन्म भएको थियो, जसको उनले आफैं जीवन लिइन् ।

 

 

सम्बन्धित खबरहरु