sushil-and-prachanda

प्रधानमन्त्री सुशील कोइरालाले एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल र मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारसँग आज छुट्टा–छुट्टै गोप्य भेटवार्ता गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बिहान भएको भेटमा आगामी माघ–८ मा जसरी भएपनि संविधान जारी गर्ने विषयमा छलफल भएको स्रोतले जनाएको छ । प्रधानमन्त्रीले बन्द, हडतालबाट संविधान जारी हुन नसक्ने भन्दै बन्द, हडताल नर्गन दुबै नेतासँग आग्रह गरेका बताइएको छ । कोइरालाले संविधान जारी गर्न नसकिए मुलुक अस्थिरतातर्फ अघि बढ्ने भन्दै चिन्ता व्यक्त गरेका थिए ।

सहमतिका लागि अझै पनि समय भएको भन्दै प्रधानमन्त्री कोइरालाले सहमतिको संविधान जारी गर्नका लागि गम्भीर हुन दुवै नेतालाई आग्रह गरेको बुझिएको छ । कोइरालाले आफू सहमतिको विरोधी नभएको बताउँदै संवैधानिक–राजनीतिक सहमति तथा संवाद समितिको प्रतिवेदन मस्यौदा समितिमा पठाउनका लागि सहयोग गर्न अध्यक्ष दाहाललाई आग्रह गरेका थिए।

अध्यक्ष दाहालले संविधान निर्माण प्रक्रियामा सहमतिकै आधारमा अघि बढ्नुपर्ने आग्रह गरेको अध्यक्ष दाहालका स्वकीय सचिव चूडामणि खड्काले जानकारी दिए। दाहालले शान्ति प्रक्रियाको नेतृत्व गरेको पार्टीले सहमतिको राजनीतिलाई नै अघि बढाउनुपर्ने भन्दै प्रधानमन्त्रीलाई त्यसको नेतृत् वगर्न आग्रह गरेका थिए ।

सम्बन्धित खबरहरु