काठमाडौ । सप्तरी, बोदेबर्साइन नगरपालिका-५ शत्रुधन चोकमा स.१ त ४६९३ नम्बरको ट्याक्टरले "अनटेस्ट" लेखिएको मोटरसाइकललाई बिहीबार राति ठक्कर दिँदा मोटरसाइकल चालक सोही नगरपालिका-७ हैठी बस्ने २३ वर्षीय सुजित यादवको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने २३ वर्षीय टुनटुन भन्ने धर्मेन्द्र यादवलाई उपचारको लागि धरानतर्फ पठाइएको छ । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

 

 

बाँके, बैजनाथ गाउँपालिका-५ जिगाउँमा से.५ प ६९२६ नम्बरको मोटरसाइकललाई लु.२ ख ४४८० नम्बरको फोर्स गाडीले बिहीबार साँझ ठक्कर दिँदा मोटरसाइकलमा सवार कैलाली टिकापुर नगरपालिका९१ बस्ने ३७ वर्षीया देवी लम्सालको मृत्यु भएको छ ।

 

 

दुर्घटनामा गम्भीर घाइते भएकी उनको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ । गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

 

 

सम्बन्धित खबरहरु