काठमाडौं । एउटै व्यक्ति १२ वटा देशका लागि राजदुतमा सिफारिस भए भन्दा पत्याउनुहुन्छ ? तर यो कुरा सत्य हो । बिहिबार बसेको मन्त्रिपरिषद बैठकले एउटै ब्यक्तिलाई १२ देशको राजदूतमा सिफारिस गरेको हो ।

 

 

१२ देशको राजदूतका लागि सिफारिस हुने भाग्यमानी ब्यक्ति डा. निर्मलकुमार विश्वकर्मा रहेका छन् । बिहिबार दिउँसो बसेको मन्त्रिपरिषद बैठकले कपिलबस्तुका उनलाई दक्षिण अफ्रिकासहित १२ देशका लागि राजदूतमा सिफारिस गरेको खुल्न आएको छ ।

 

 

उनलाई दक्षिण अफ्रिकाका लागि आवासीय राजदूत एवम् बोत्स्वाना, केन्या, ल्यसुथु, कंगो, तान्जानिया, जाम्बिया, जिम्वावे, ग्यावोन, मोजाम्विक, मौरिसस र सिसेल्सका लागि गैरआवासीय राजदूत नियुक्तिका लागि सिफारिस गरिएको सरकारका प्रवक्ता समेत रहनुभएका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले जानकारी दिनुभयो ।

 

 

पार्टीसँग कुनै समन्वय नगरी राजदूत नियुक्त गरेको भन्दै नेकपाका नेताहरुले असन्तुष्टि जनाएका छन् । यस विषयमा भोली (शनिबार) दिउँसो ४ बजे नेकपाको सचिवालय बैठक बस्दैछ ।

 

 

 

सम्बन्धित खबरहरु