काठमाडौं । बलिउड अभिनेता सलमान खानको विवाहलाई लिएर हरेक वर्ष चर्चा हुने गर्छन । अभिनेता स्वंयमले पनि विहेको प्रशंग उठाउँदै आएका छन् । कोरोना भाइरस (कोभिड–१९) बीच बिग बोस सिजना १४ सुरु भयो ।

 

 

शो को प्रीमियरमा प्रस्तोता सलमान खान धेरै रमाइलो मुडमा देखिएका थिए । यस समयमा एक ज्योतिषी आए जोसँग सलमानले उनको विवाहको बारेमा प्रश्नहरू गरेका हुन् ।

 

 

 

सलमानले ज्योतिषीलाई सोधे कि उनी (सलमान) कहिले बिहे गर्छन् ? यसमा ज्योतिषी भन्छन्, ‘अहिले कुनै सम्भावना छैन ।’ यस पछि, सलमानले सम्झाउँछन्, ‘६ बर्ष अघि तपाँईले भन्नु भएको थियो कि म विवाह गर्छु, तर त्यसो भएन । यस्तो कुनै योग अगाडि बढिरहेको छैन ?’ ज्योतिषी भन्छन्, ‘होइन ।

 

 

होइन, कुनै पनि योग छैन ।’ ज्योतिषको कुरा सुनेपछि, सलमान खान ठूलो स्वरले हाँस्न थाल्छन् र भन्छन्, ‘ओहो वाह, विवाहको अवसर सकियो ।’

 

 

 

 

सम्बन्धित खबरहरु