काठमाडौं । विश्वभर महामारीको रुपमा रहेको कोरोना भाइरस (कोभिड–१९) बाट प्रभावित एक चर्चित अभिनेत्री पनि भएकी छिन् । दक्षिण भारतीय (टलिउड) अभिनेत्री तमन्ना भाटिया कोरोना पोजिटिभ भएकी हुन् ।

 

 

रिपोर्टका अनुसार तमन्ना वेब सीरीजको शूटिङको लागि हैदराबादमा थिइन तब उनमा कोरोनाभाइरसका लक्षण देखीन् थालेका हुन् । हाल, अभिनेत्री हैदराबाद अस्पताल भर्ना भएको भारतीय सञ्चारमाध्यमहरुले जानकारी दिएका छन् । फ्यानहरूले उनलाई चाँडै निको हुन शुभकामना दिइरहेका छन् ।

 

 

अगस्त महिनामा, तमन्ना भाटियाका अभिभावक कोरोना पोजिटिभ भएका थिए । तमन्ना सामाजिक सञ्जालका माध्यमबाट फ्यानहरूलाई यो जानकारी दिएकी हुन् । उनले लेखिन्, ‘मेरा बाबुआमामा कोलोनाभाइरसको लक्षण देखिएको छ । हेरचाह गर्दै, हामी सबैको कोरोना परीक्षण गरियो । बाआमाको कोरोनाभाईरस पोजेटिभ रहेको पाइएको छ । तर परिवारका बाँकी सदस्यहरूको रिपोर्ट पनि नकारात्मक भएको छ । कर्मचारी पनि सुरक्षित छन् ।’

 

 

 

शुटिङको क्रममा जब तमन्ना भाटियाको कोरोना परीक्षण भयो, उनी पोजेटिभ भईन् । केही दिन अघि तमन्नालाई मुम्बईको एउटा पार्लरमा राखिएको थियो । हाल तमन्नाका धेरै प्रोजेक्टहरू छन् जसमा उनी काम गरिरहेकी छिन् । फिल्म ‘सी तामार’ मा तमन्नाको भूमिका एकदम चाखलाग्दो हुनेछ ।

 

 

 

सम्बन्धित खबरहरु