सल्यान । जंगलमा फा'लिएको शिशुको १२ घण्टापछि जीवितै उद्धार गरियो । शारदा नगरपालिका –३ घोरलोटेका जङ्गलमा फा'लिएको २८ दिने शिशुको उद्धार गरिएपछि यो खबरले निकै चर्चा पायो । यसरी बच्चा फा'ल्ने को होला त भनेर धेरैको चासोको बिषय बन्यो ।

 

 

आइतबार साँझ ६ बजेतिर भारतको उत्तराखण्डबाट फर्केकी शारदा –३ की ३५ वर्षीया शान्ता परियारले अ’वैधसम्बन्धबाट जन्मेको शिशुलाई घर नपुग्दै जङ्गलमा छाडेर घर गएको प्रहरीले जनाएको छ ।

 

 

 

श्रीनगर बजारबाट बिहानै पैदल घुम्न निस्किएका स्थानीयवासीले जङ्गलमा चर्को स्वरमा शिशु रोइरहेको देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीले शिशुको उद्धार गरी सल्यान अस्पतालमा लिएर उपचार शुरु गरेको छ ।

 

 

शिशु अस्पताल पुर्याएर उपचार सुरु गरेलगत्तै प्रहरीले घटनाको अनुसन्धान शुरु गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी लक्ष्मण वलीले जानकारी दिए ।

 

 

प्रहरीले अनुसन्धानका क्रममा शिशुलाई जङ्गलमा फा'ल्ने महिला र अ'वैध–सम्बन्ध राख्ने भनिएका शारदा–२ पानीखोलाका दानबहादुर भण्डारीलाई नियन्त्रणमा लिएको छ ।

 

 

करिब एक वर्ष अगाडि कामका सिलसिलामा महिला भारतमा गएका बेला अ'वैध–सम्बन्ध रहेको र शिशु जन्मिएपछि घर फर्किने क्रममा अरुले थाहा पाउने डरले जंगलमा फा'लेको बयान दिएको प्रहरीले जनाएको छ । रासस

 

 

 

सम्बन्धित खबरहरु