काठमाडौं । पछिल्लो २४ घण्टाको समयमा प्रदेश १ मा अहिलेसम्मकै सबैभन्दा बढी ३३० जना कोरोना सङ्क्रमण देखिएको छ । थपिएका सङ्क्रमितमा पुरुष १३५ र महिला १९५ छन् । आज थपिएका सङ्क्रमितमा मोरङमा २१०, सुनसरीमा ९१, झापामा १७, सङ्खुवासभामा तीन, उदयपुरमा दुई, धनकुटा र खोटाङमा एक÷एक तथा प्रदेश बाहिरका जिल्लाका पाँच जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

यस प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या आठ हजार १०५ पुगेको छ भने आज विभिन्न स्थानबाट ३२ जनासहित अहिलेसम्ममा चार हजार १२२ जना निको भएर घर फर्किएका छन् । पछिल्लो सो अवधिमा ६६६ जनासहित एक लाख २७ हजार ५५६ जनाको पिसिआर परीक्षण गरिएको छ ।
­­­
सुसार कार्यक्रम

गुणस्तरीय शिशु स्याहारका लागि कोशी अस्पताल विराटनगरमा ‘सुसार’ कार्यक्रम शुरु भएको छ । नेपाल सरकारले हाल रहेको नवजात शिशु मृत्युदर प्रतिहजार २१ लाई सन् २०३० सम्ममा प्रतिहजार जिवित जन्म १२ र मृत जन्मने शिशुको दर प्रतिहजार जन्मलाई १३ मा घटाउने लक्ष्यलाई सुसार कार्यक्रमले मद्दत पु¥याउने विश्वास गरिएको छ ।

नेपाल सरकारको यो लक्ष्य प्राप्तिमा हातेमालो गर्न गोल्डेन कम्युनिटीले ‘सुसार’ कार्यक्रमको थालनी गरेको हो । यस कार्यक्रले अस्पतालअन्तर्गतका मातृृ तथा नवजात शिशु स्याहार वार्डमा गुणस्तर सुधारका लागि चाहिने सीप र प्रविधिलाई प्रयोगमा ल्याई प्रसूति समयको जटिलतालाई गुणस्तरीय व्यवस्थापनमा सहयोग पु¥याउनु हो ।

नेपालमा हरेक वर्ष जन्मने छ लाख बच्चामध्ये ११ हजार शिशु मृत अवस्थामा जन्मन्छन् भने १३ हजार नवजात शिशु जन्मेको पहिलो हप्तामा मर्ने गरेको सुसारले आज यहाँ आयोजित कार्यक्रममा जानकारी दिइयो । सुसारका सञ्चार विज्ञ सिर्जना शर्माले नवजात शिशुको मृत्युको कारणमध्ये महिना नपुगी जन्मनु ३१ प्रतिशत जन्मनसाथ सास फेर्न नसक्नु २३ प्रतिशत तथा सङ्क्रण १९ प्रतिशत कारण रहेको जानकारी दिनुभयो ।

सुसार कार्यक्रम सातवटै प्रदेशमा आठ वटा सरकारी अस्पतालमा सञ्चालन भइरहेको छ । यसअन्तर्गत कोशी अस्पताल, जनकपुर अस्पताल, भरतपुर अस्पताल, लुम्बिनी प्रादेशिक अस्पताल, भेरी अस्पताल, प्रदेश अस्पताल कर्णाली, सेती अस्पताल र डडेलधुरा अस्पतालमा लागू भएको छ । यो कार्यक्रम लागू भएपछि विराटनगर अस्पतालमा गत वर्षमा आठ हजार २५२ नवजात शिशुमा सात जना र दुई जना आमाको मृत्यु भएको अस्पतालले जनाएको छ ।

यस कार्यक्रमबाट तालीम र सुररीवेक्षणद्वारा मातृ तथा शिशु स्याहार संलग्न स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि गर्ने, भ्रूणको मुटुको धड्कन जाँचका लागि मोयो, नवजात शिशुको मुटुको धड्कन जाँचका लागि नियोबिट तथा जन्मदा सास फेर्न नसकेका शिशुलाई कृत्रिम स्वाशप्रश्वास गराउन अपराइट व्याग–मास्क जस्ता आधुनिक उपकरणको प्रयोगद्वारा सेवाको गुणस्तर बढाउने काम भएको छ ।

यस्तै गुणस्तर सुधारका लागि योजना कार्य अध्यायन कार्यान्वयन बैठक आवधिक रुपमा सञ्चालन गर्ने, तालीमपछि विशेष किसिमको मेनिकिनमा नियमित अभ्यासद्वारा कृत्रिम स्वाश्प्रश्वासको सीम कायम राखिराख्नु मद्दत पु¥याउने, नवजात शिशुको स्वास्थ्यको सूचकद्वारा कार्यक्रमको प्रभावकारिताको आवधिक रुपमा समीक्षा गर्ने प्रावधान राखिएको छ । रासस

सम्बन्धित खबरहरु