पोखरा । कास्कीको मादी–१० मकैखोलाकी कोपिला परियारको लाशको माथिल्लो भागमा कुर्ता थियो तर कम्मरमुनि सुरुवाल नभएको  अवस्थामा बिग्रिसकेको स्थितीमा फेला परेको थियो । असार २५ मा मादी–११ मुखियाशेरको पातीघारीमा फेला परेको लाशको नमुना भिसेरा जाँचका लागि प्रहरीले काठमाडौंको विधि विज्ञान प्रयोगशाला पठाएको थियो । तीन महिना बितिसक्दासमेत रिपोर्ट नआउँदा मृत्यु कारण अझै रहस्यमय छ ।

 

 

कोपिला सानै छँदा बुबा र आमाको सम्बन्ध बिग्रियो । बुबा खाडीतिर हानिए । कोपिला मामाघरकै हजुरबार हजुरआमासँग बस्न थालिन् । पछि उनलाई नेपाल नामक गैरसरकारी संस्थाले पोखरामा संरक्षणमा राखेको थियो । १० वर्षपछि पोहोर मकैखोला फर्केकी थिइन् ।

 

मानसिक अवस्था कमजोर थियो । असार १५ मा उनी अबेरसम्म घर फर्किनन् । हजुरबुबा कुलबहादुरले सोधखोज गरे । असार २५ मा मुखियाशेरमा गोठालाले बिग्रिएको अवस्थामा लाश देखे ।

 

 

शरीरको माथिल्लो भागमा कुर्ता थियो । कम्मरमुनि सुरुवाल थिएन । काका मैतलाल परियारले असार २६ मा ज्यानसम्बन्धी कसुरमा जाहेरी दिए । अनुसन्धान भइरहेको जवाफ दिने गरे पनि प्रहरीले उक्त घटनाको वास्तविकता बाहिर ल्याउन सकेको छैन ।

 

 

 

सम्बन्धित खबरहरु