भारत । भारतको पीएफआई इमाम काउन्सीलका साजिद रसादीले भर्खरै राम मन्दिरलाई कब्जा गर्ने धम्की जारी गरेका छन् । अयोध्याको राम मन्दिर बिवाद शदियौं पुरानो सुनुवाई भएपछि गत वर्ष टुङ्गो लागेको थियो ।

रामकालिन त्रेतायूग देखिका मुर्तिहरुको विनाश गर्दै त्यहाँ कव्बा बनाउने भनी धार्मिक असहजता उकास्ने तवरले ‘इमाम काउन्सील’ले दिएको यस अभिव्यक्तिप्रति अहिले भारतीय मिडिया तथा समूदायहरु सबैको ध्यान तानिएको छ ।

 

 

 

साजिद रसादीले पीएफआई सदस्यलाई सम्वोधन गर्दै इमाम काउन्सीलको आधिकारिक वक्तव्य दिने क्रममा राम मन्दिर भएको ठाँउमा इस्लामहरुले आफ्नो झण्डा गाड्ने सोच बनाइसकेको बताएका हुन् । उनी इमाम काउन्सीलका उपसभापती पनि हुन् ।

 

 

अक्टोबर महिनामा त्रिभूवनाथापुरममा साजिद रसादीले दिएको यस धार्मिक अप्ठ्यारो बयानको भिडियो भाइरल भएको हो । कव्बा बनाउँदा ३००० सनातन मूर्तिहरु नष्ट गरिएको र रातारात अल्लाहको नाममा गरिएको स्मरण गराँउदै साजिद रसादीले भोली अयोध्यामा पनि त्यहि नहोला भन्न सकिन्न भन्नेखालका चेतवानीपूर्ण भाषा प्रयोग गरेका छन् ।

 

 

 

के भने रसादीले ?
“इश्लाम भन्छ कि एउटा मस्जिद हमेशा एउटा मस्जिद नै हुनेछ । यसलाई अन्य केही बनाउनका लागि बिगार्न सकिनेछैन । हामी मान्छौं की यसको अस्तित्व थियो, तथा हमेशा एउटा मस्जिद रहनेछ । मन्दिरलाई बिगारिसके पश्चात् मस्जिदको निर्माण गरिएको थिएन, तर अब मस्जिद बनाउनका लागि मन्दिर भत्काउन सकिन्छ ।”

 

 

सर्वोच्च अदालतले ७० वर्ष देखि टुङ्गो नलागेको बावरी मस्जिद र राम मन्दिर प्रकरणलाई गतवर्ष नोभेम्बरमा निर्णय गरेको र अगस्त देखि सर्वोच्चको फैसला अनुरुप त्यहाँ पवित्र राम मन्दिर र धार्मिक क्षेत्रहरुको निर्माण नै शुरु भइसकेको छ ।

 

 

 

सम्बन्धित खबरहरु