काठमाडौं । कोरोना भाइरसबाट संक्रमित नेकपा संसदीय दलकी सचेतक शान्ता चौधरीलाई आईसीयुमा राखिएको छ । चौथो दिनमा पनि केही सुधार नआएपछि चौधरीलाई गएरातिदेखि आइसीयूमा सिफ्ट गरिएको उनको सचिवालयले जनाएको छ । चौधरीको उपचार बीर अस्पतालमा हुँदै आएको छ ।

 

 

उनले यसअघि आफूलाई श्वास फेर्न गाह्रो भएकाले फोन नगरिदिन सामाजिक सन्जालमार्फत् आग्रह गरेकी थिइन् । चौधरीमा यही असोज १९ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनमा कोरोनाको लक्षण देखिएको थियो ।

 

 

शान्ता चौधरी छातीको क्यान्सरबाट समेत पीडित भएकी थिइन् । उनले क्यान्सरको उपचार भारतको नयाँदिल्लीमा गराएकी थिइन् । क्यान्सर रोगको उपचारका लागि सरकारले दिएको पाँच लाख रकम बचेपछि उनले सरकारलाई नै फिर्ता गरेकी थिइन् ।

 

सम्बन्धित खबरहरु