काठमाडौ । कतारले नेपाल सरकारलाई घरेलु श्रमिकका रुपमा नेपाली कादार लैजाने इच्छा व्यक्त गरेको छ । यसअघि पनि कतारले नेपाबाट घरेलु कामदार लैजाने इच्छा व्यक्त गर्दै नेपाल सरकारलाई कामदार लैजाने बिषयमा सम्झौता गर्न आग्रह गरेको थियो ।

 

 

कतारले अन्य औपचारिक रुपमा लाँदै गरेको कमदार जसरी नै घरेलु क्षेत्रका लागि पनि कमदार लैजान लागेको हो । नेपाल सरकारले कतारसँग घरेलु श्रम क्षेत्रका लागि छुट्टै श्रम सम्झौता नभएको भन्दै केही समयअघिबाट श्रम स्वीकृतिमा रोक लगाएको थियो । सो कारण बर्षैदेखि रोजगारदातासँग रोजगार सम्बन्ध भएका श्रमिकहरू श्रम स्वीकृति नपाउने भएपछि स्वदेश आउन सकिरहेका छैनन् ।

 

 

हाल कतारमा ५० हजारभन्दा बढी नेपाली घरेलु कामदारका रुपमा रहेको तथ्याङ्कले देखाएको छ । कतारले पछिल्लो समय सहजै रोजगारी परिवर्तन गर्न पाउने र न्यूनतम तलब लागू गर्ने प्रावधान घरेलु श्रमिकको हकमा पनि लागू गरेर कामदारहरुलाई सहजता भने बनाइ दिएको छ । नेपालका तर्फबाट नीति अनुसार घरेलु कामादर लैजान सक्ने अवस्था नरहेपनि औपचारिक क्षेत्र जसरी नै घरेलु श्रमिक लैजाने कतारको चाहना रहेको छ ।

 

 

 

औपचारिक क्षेत्रभित्रै घरेलु श्रमिकलाई समेटिएपछि छुट्टै श्रम सम्झौता आवश्यक नपर्ने कतारको भनाइ छ । कतारको प्रस्ताव अनुसार आउँदो मार्चदेखि घरेलु श्रमिकलाई लैजानेगरी एक हजार रियाल तलब दिइने बताइएको छ । त्यस्तै दैनिक रूपमा बढीमा १० घण्टा काम र हप्तामा एक दिन बिदाको प्रबन्ध गर्ने कतारको भनाइ छ ।

 

 

 

सो बिषयमा नेपालका तर्फबाट पनि सकारात्मक प्रतिकृया दिइएको छ । नेपाली श्रमिकको हितलाई ध्यान दिएर आवश्यक प्रक्रिया अगाडि बढाइने नेपाल पक्षका प्रतिनिधिरुको भनाइ छ ।

 

 

 

सम्बन्धित खबरहरु