धादिङ । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको थाक्रे गाउँपालिका १ सिम्लेमा बसमा आगलागी भएको छ। आगलागीबाट मानवीय क्षती भने भएको छैन।

 

 

 

हेटौंडाबाट काठमाडौ जाँदै गरेको ना ५ ख ६९० नम्बरको बस आगलागी भएर बस पूर्ण रुपमा नष्ट भएको हो। बसमा ब्याट्री फुटेर आगलागी भएको सिम्ले प्रहरीले जनाएको छ। धुनीबेंसी नगरपालिकाको दमकल ,कर्मचारी र प्रहरीको सहायतामा आगो नियन्त्रणमा लिइएको थियो।

 

 

 

सम्बन्धित खबरहरु