काठमाडौं । ललितपुरमा एक वृद्धमाथि गरिएको व्यवहारले सिंगो मानवतालाई लज्जित बनाएको छ । भारत, उत्तर प्रदेशको ललितपुरको रोडा गाउँमा एक ६५ बर्षे दलित वृद्धमाथि जुन व्यवहार गरियो त्यसले सबैलाई हैरान बनाएको छ । यस घटनालाई लिएर एक व्यक्तिले प्रहरीमा उजुरी दर्ता गराएका छन् ।

 

 

ललितपुर प्रहरीले घटना सम्बन्धमा अनुसन्धान थालेको जानकारी दिएको छ । आरोपित सोनु यादवले केही दिन अघि पीडितको छो'रालाई ब'न्चरोको स'हयोगमा ठू'लो क्ष'ति गराएको आरोप छ । बुबा र छोरा प्रहरीमा पुगेपछि यादवले उनीहरूलाई मुद्दा मिलाउन र उजूरी फिर्ता लिन द'बाब दिएको पनि खुल्न आएको छ ।

 

https://twitter.com/NavbharatTimes/status/1315894442675507201

 

 

मंगलबार यादवले बुबा (अमर) लाई पि'सा'ब पि'उन वा'ध्य पारेको आरोप लगाइएको छ । उनले इ'न्कार गर्दा यादवले झनै जोडले श'रीरमा क्ष'ति गरेको बताइएको छ । बाबुले सोनु यादवले केहि दिन पहिले आफ्नो छोरालाई ब'न्च'रोको स'हयोगमा क्ष'ति गराएको बताएका छन् । त्यस घटनालाई लिएर यादवबिरूद्ध उजुरी दर्ता गरिएको थियो ।

 

 

 

अमरले एएनआईलाई बताए अनुसार सोनु यादवले उनीहरुलाई उजुरी गाउँमै मिलाउन भन्दै फिर्ता लिन द'बाब दिएका हुन् । ललितपुरका एसपी मिर्जा मञ्जर बेगले यादवको खोजतलास सुरु गरिएको जानकारी दिएका छन् । उनले केही व्यक्तिहरूले रोडा गाउँमा दुई गाउँलेमाथि अ'पाच्य व्य'वहार गरेको जनाएका छन् ।

 

 

सूचना पाउने बित्तिकै प्रहरीले एफआईआर दर्ता गर्यो । मुख्य अभियुक्त पक्राउ परेका छन् र यस घटनामा संलग्न अन्यको खोजी भइरहेको बेगले बताएका छन् । उनले यस प्रकारका कुनै पनि कार्य स'हन नहुने स्पष्ट पारेका छन् ।

 

 

 

सम्बन्धित खबरहरु