काठमाडौ । झापाको मेचिनगर–२,भृकुटी घर भई कुवेतमा कार्यरत २७ बर्षिय प्रज्ञा प्रधानको सबारी दुर्घटनामा मृत्यु भएको छ। अक्टोबर ०९, शुक्रबार, २०२० को राति उनी चढेको सबारी साधनलाई अर्को सबारी साधनले ठक्कर दिए पछि कुवेतको आदान अस्पताल पुर्याएकोमा शनिबार बिहान उनको मृत्यु भएको हो।

 

 

प्रज्ञाको लाशलाई अक्टोबर १५ तारिकको उडानबाट नेपाल ल्याइएको छ । जन सम्पर्क समिति कुवेतका महामन्त्री तथा मृतकका दाजु कृष्ण पौडेलले भने” अक्टोबर ०९, २०२० शुक्रवारबार राती डिउटीबाट फर्किने क्रममा प्रधान चढेको कम्पनिको सबारी साधनलाई अर्को सवारी साधनले ठक्कर दिएको थियो।

 

 

मृतकलाई कुवेतको अदान अस्पताल पुर्याई अप्रेशन गरिए पनि अत्याधिक रक्तस्रावका कारण शनिबार बिहान उनलाई मृत्यु घोषित गरिएको थियो। पौडेल थप्छन”मृतक प्रज्ञा र उनको दिदी रिता माया प्रधान कामबाट फर्किदै थिए।बाटोमा उनिहरु चडेको कम्पनीको कारलाइ अर्को कारले ठक्कर दिएको र दुबै जनालाइ आदान अस्पताल लगिएकोमा प्रज्ञाको अप्रेसन गरिए पनि बचाउन सकिएन।दुर्घटनामा मृतककी दिदी रिता भने सामान्य घाइते भएकी थिईन ।

 

 

प्रज्ञाको लाशलाई मृतकी दिदी रिता अनि कुवेतमै कार्यरत दाजु बाल कुमार प्रधानले आज अक्टोबर १५ तारिक,२०२० बिहिबार बेलुकीको उडान मार्फत नेपाल लिएर जादैछन ।

 

 

”नेपाली राजदुतावास कुवेतका दितिय सचिब श्रीकृष्ण सिलवालले राहदानी नं.१०८०८७६५ भएकी प्रज्ञाको मृत्युको कारण सवारी दुर्घटना रहेको बताए। उनले भने” फोर्टिटु स्पा कुवेतमा दुई बर्ष ६ महिना देखि कार्यरत मृतक प्रधानको परिवारका सदस्य आफ्नै दिदी र दाई कुवेतमा भएकाले उहाहरुलेनै लाश लिएर जान दुताबासले सहजिकरण गरेको हो। यहाँहरु गइसक्नुभएको छ ।

 

 

 

सम्बन्धित खबरहरु