काठमाडौं । पाकिस्तान पेशावरमा जोडदार ध*मा*का भएको छ । पाकिस्तानको पेशावरको एक (विद्यालय)मदरसामा एउटा ठूलो ध*मा*का भएको हो । पाकिस्तानी सञ्चारमाध्यमहरुका अनुसार आज बिहान, पेशावरको दार कालोनीमा रहेको एक मदरसामा ध*मा*का भएको हो ।

यस घटनामा अहिलेसम्म ७ जनाले ज्यान गुमाएका छन् । घाइतेहरुको संख्या ७० पुगेको बताइएको छ । मृतकहरुमा बच्चाहरु धेरै रहेका छन् । वरिष्ठ पुलिस अधीक्षक (अपरेशन) मन्सूर अमनले यस घटनाको पुष्टि गरेका छन् । घाइते र मृतकहरुको संख्या बढ्न सक्ने जनाइएको छ ।

घाइतेहरुलाई अस्पताल भर्ना गरिएको छ । त्यहाँको लेडी रिडिङ्ग अस्पतालमा भर्ना गरिएको छ । घाइतेलाई तत्काल उपचार प्रदान गरिएको छ । यस घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जनाइएको छ ।

सम्बन्धित खबरहरु