काठमाडौं । प्रेम प्रस्ताव स्वीकार नगरेको भन्दै भारतमा एक युवतीको जीवनलीला नै समाप्त पारिएको छ । घटना भारतको हरियाणा राज्य, फरीदाबादको बल्लभगढको हो । त्यहाँ प्रेमले उत्सर्जन गरेको घटना बाहिर आएको हो ।

 

नुहाबाट कांग्रेसका विधायक अफताब आलमका भान्जा तौसिफले एक युवतीको जीवनलीला नै समाप्त पारेका हुन् । यहाँको कलेजबाट फर्कदै गर्दा २१ वर्षीया युवतीको जीवनलीला नै समाप्त पारिएको हो । किशोरीका बुबाले तौसिफले आफ्नी छोरीलाई धर्म परिवर्तन गर्न दबाब दिइरहेको आरोप लगाएका छन् । प्रहरीले तौसिफ र उनको साथी रेहानलाई पक्राउ गरेको छ । राज्यका गृह मन्त्री अनिल विजले अनुसन्धानका लागि एसआईटी गठन गरेका छन् ।

 

विद्यार्थी निकिता तोमर सोमबार अग्रवाल कलेज (बल्लभगढ) मा भएको परीक्षामा सहभागि भएकी थिइन् । परीक्षापछि उनी आफ्नो भाईलाई सोमबार साँझ ४ बजे आसपास घर फर्कन कुर्दै थिइन् । त्यसैबेला अचानक तौसिफ आफ्ना साथीहरूसँगै कारमा आउँछन् ।

 

 

तौसिफ निकितालाई कारमा राख्न प्रयास गर्छन् । जब उनले यसमा सहमति जनाउन सक्दिनन् । त्यसपछि उनको त्यही इहलीला समाप्त पारिन्छ । दिउँसो ४ बजे आसपास घटना भएको हुँदा घटनास्थलमा अन्य व्यक्तिहरु पनि रहेका थिए, तर कसैले पनि बुझ्न चाहेनन् ।

 

निकितासँगै भएकी एक अर्की विद्यार्थीले रोक्न खोजे पनि उनको केही उपाय लागेन् । त्यहाँ भएका अन्य व्यक्तिहरु सबै जना आफ्नै काममा व्यस्त भएको हुँदा २१ वर्षीया विद्यार्थीले यो संसारबाट विदा हुनुपर्यो ।

 

तौसिफका हजुरबुबा कबीर अहमद पूर्व विधायक हुन् । भान्जा आफताब आलम हाल मेवात जिल्लाको नुह सीटबाट कांग्रेसका विधायक छन् । आफताबका बुबा खुर्शीद अहमद हरियाणा सरकारमा मन्त्री भैसकेका नेता हुन् । तौसिफका काका जावेद अहमदले बसपाको टिकटमा सोहना विधानसभाबाट चुनाव लडेका छन् ।

 

युवतीका बुबा मूलचन्द तोमरले बताए कि तौसिफ १२ कक्षासम्म निकितासँग पढ्दै थिए । उनले निकितालाई मित्रताको लागि धेरै पटक दबाब पनि दिने गरेका थिए । उनले निकितालाई धर्म परिवर्तन गर्न पनि दबाब दिँदै आएका थिए । परिवारका अनुसार तौसिफले निकितालाई सन् २०१८ मा नियन्त्रणमा लिने कामसम्म पनि गर्न भ्याएका थिए । त्यो समयमा निकिताको परिवार बदनाम हुने डरले प्रहरीसमक्ष गएन् । दुबै परिवार बसेर मेलमिलाप गरेको जनाइएको छ ।

 

निकिताका बुबाले यो पनि भने कि निकिता पढ्नमा धेरै राम्री थिइन् । उनी १२ कक्षामा र बीकममा दुबै वर्ष उत्कृष्ट विद्यार्थी थिइन । यस पटक फेरि पनि उत्कृष्ट स्थान हाँसिल गर्न कडा मेहनत गर्दै थिइन् । उनी भविष्यमा भारतीय सेनाको लेफ्टिनेन्ट भएर भारतको सेवा गर्न चाहाना राख्थिन् । उनले भर्खरै वायुसेनाको परीक्षा पनि दिएको बुवाले जानकारी दिएका छन् । साथै, एनडीएको लागि निरन्तर तयारी गरिरहेकी थिइन् ।

 

हरियाणा मुख्यमन्त्री मनोहरलाल खट्टरले घटनामा संलग्नले पूर्ण सजाय पाउने स्पष्ट पारेका छन् । घटना हुनुभन्दा पहिले हुँदैछ भन्ने कुरा अनुमान गर्न नसक्ने भन्दै उनले अब प्रहरीले अब सबै कार्य गर्ने बताएका छन् । हरियाणाका गृहमन्त्री अनिल विजले पनि ट्वीट गरेर एसीपीको नेतृत्वमा एसआईटी गठन गरिएको जानकारी दिएका छन् ।

 

उनले चाँडै अनुसन्धान गर्न सकियोस् र परिवारले न्याय पाओस् भन्ने उदेश्यले एसआईटी गठन गरिएको बताएका छन् । बल्लभगढका विधायक मूलचन्द शर्माले आरोपी जोसुकै भए पनि उनलाई कुनै हालतमा नछोड्ने वचन दिएका छन् । उनले भने, ‘निकिता हाम्री छोरी थिइन् र छोरीलाई न्याय दिलाउन हामी र सम्पूर्ण प्रशासन परिवारसँगै उभिएका छौं ।’

सम्बन्धित खबरहरु