काठमाडौ । इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा सनराइजर्स हैदरावाद प्लेअफमा प्रवेश गरेको छ। मंगलबार राति शारजहाँमा भएको खेलमा हैदरावादले मुम्बई इन्डियन्सलाई १० विकेटले पराजित गरेको हो।

 

१५० रनको लक्ष्य हैदरावादले १७ ओभर एक बलमा बिना विकेटको क्षतिमा भेट्टाएको हो । उसका लागि कप्तान डेविड वार्नरले ८५ तथा ऋद्धिमन साहले ५८ रन बनाए ।

 

यसअघि पहिले ब्याटिङ्ग गरेको मुम्बईले ८ विकेटको क्षतिमा १४९ रन बनायो । उसका लागि किरन पोलार्डले ४१, सूर्यकुमार यादवले ३६, इशान किशनले ३३ तथा क्वीन्टन डी ककले २५ रन बनाए ।

 

जितपछि तेस्रो स्थानमा पुगेको हैदरावादले दोस्रो क्वालिफायरमा स्थान बनाउनका लागि चौथो स्थानको टिम रोयल च्यालेन्जर्स बैंग्लोरसँग प्रतिस्पर्धा गर्ने छ ।

 

 

सम्बन्धित खबरहरु