काठमाडौं । नेपालमा कोरोना संक्रमितहरुको कुल संख्या १ लाख ८५ हजार ९७४ पुगेको छ । आज थप ३ हजार ५१नयाँ संक्रमित थप भएसँगै संख्या बढेको हो । अर्कोतिर गत २४ घण्टामा थप ३ हजार ४३० जना निको भएका छन् ।

यो सँगै कुल निको हुनेहरुको संख्या १ लाख ४८ हजार ४०८ पुगेको छ । कोरोनाका कारण नेपालमा अहिलेसम्म १ हजार ५२ जनाको मृत्यु भएको छ । आज मात्रै थप १८ जनाले ज्यान गुमाएका छन् । नेपालमा अहिले सक्रिय संक्रमितहरुको संख्या ३६ हजार ५१४ रहेको छ ।

सम्बन्धित खबरहरु