काठमाडौ । अमेरिकी राष्ट्रपतिय चुनावमा कडा टक्कर देखिएको छ । साथै अन्तिममा आएर विवाद हुँदा नतिजा अस्पष्ट बनेको छ । रिपब्लिकन राष्ट्रपति डोनाल्ड ट्रम्पले निर्णायक हुने ठानिएका जोर्जिया तथा पेन्सलभानिया राज्यको मतगणनामा उनको अग्रता खुम्चँदै गएपछि चुनावमा धाँधली भएको ‘आधारहीन’ दाबी पुनः गरेका छन्।

 

उनले मत गणना रोक्न माग गर्दै अदालतमा मुद्धा दायर गरेका छन् । हुलाकमार्फत् हालिएका भोटहरूको गणना हुँदै गर्दा उनको अग्रता कम कम हुँदै गएको छ।

 

उनको डेमोक्र्याटिक प्रतिद्वन्द्वी जो बाइडनले भने संयमित रहन आग्रह गरेका छन्। उनले आफू विजेता हुनेमा विश्वस्त रहेको बताएका छन्। हाल पाँचवटा मुख्य राज्यहरूमा गणना भइरहेका छन् । पेन्सलभेनिया, नेभाडा, एरिजोना, जोर्जिया र नर्थ क्यारोलाइनामा स्पष्ट विजेता देखापरिसकेका छैनन्।

 

पेन्सलभानियामा मात्र जितेमा वा बाँकी चारमध्ये दुईवटामा मात्र जितेमा पनि बाइडन राष्ट्रपति–निर्वाचित हुनेछन्। ट्रम्पलाई जित्नको निम्ति चाहिँ पेन्सलभानियासहित बाँकी चारमध्ये तीनवटा राज्यमा जित्नैपर्नेछ।

 

यसअघि ट्रम्पको अग्रता पेन्सलभेनियामा खुम्चँदै थियो भने अब अर्को राज्य जोर्जियामा पनि उस्तै स्थिति देखा परिरहेको छ। त्यहाँ ट्रम्पको अग्रता ३५०० भन्दा कममा झरेको छ। केही घण्टा अगाडि उनको अग्रता १०,००० रहेको थियो। पेन्सलभेनिया, नेभाडा, एरिजोना, जोर्जिया र नर्थ क्यारोलाइनाको मत परिणामले नै अब निश्चित गर्नेछ । मतगणना भने चलिनै रहेको छ ।

 

 

सम्बन्धित खबरहरु