काठमाडौं । विश्वव्यापी महामारी कोरोना भाइरस (कोभिड–१९) बाट सङ्क्रमित चर्चित हास्य कलाकार मनोज गजुरेलले फ्यानहरुका लागि हर्षको खबर दिएका छन् । उनले अस्पतालबाटै आफ्नो स्वास्थ्य अवस्थामा सुधार आएको बताएका छन् । सामाजिक सञ्जाल फेसबकमार्फत उनले आफूलाई निकै सुधार भएको बताएका हुन् ।

उनले लेखेका छन, ‘आराम छु, आरामको कामना गर्दछु । हिजोभन्दा आज धेरै राम्रो भइरहेको छ। स्वास्थ्य लाभको कामना गर्नु हुने सबैमा धन्यवाद ।’ कोरोना संक्रमित उनको फोक्सोमा समस्या देखिएपछि उनलाई आईसियू कक्षामा सारिएको थियो ।

सम्बन्धित खबरहरु