काठमाडौं । पूर्व अमेरिकी राष्ट्रपति बराक ओबामा बेलायतका लागि राजदुत बन्न सक्ने खुल्न आएको छ । एक मिडिया रिर्पोटका अनुसार नवनिर्वाचित राष्ट्रपति जो बाइडेन पूर्व अमेरिकी राष्ट्रपति ओबामालाई बेलायतका लागि राजदूतको रूपमा छनौट गर्न सक्छन् ।

 

शनिबार अमेरिकी राष्ट्रपति निर्वाचनको विजेता घोषित भएपछि जो बाइडेनले आफ्नो भावी टीमको तयारी गर्ने प्रक्रिया शुरू गरिसकेका छन् । उनले प्रमुख कूटनीतिक पदका लागि उम्मेदवारहरूबारे छलफल गर्न थालेका छन् । उक्त प्रतिवेदनले आइतवार टाइम्सलाई दिएको एक स्रोतलाई उद्धृत गर्दै भनिएको छ कि बाइडेन र उनका सहयोगीहरु बीच केहि ‘अनौपचारिक छलफल’ भइरहेको छ, जसमा कोहीले ओबामाको नाम बेलायतको राजदूतको रूपमा सुझाव दिएका छन् ।

स्रोतले बाइडेनको आफ्नो आगामी राष्ट्रपति पदका लागि मन्त्रिपरिषद्को सुरक्षामा केन्द्रित रहेको जनाएको छ । बाइडेनको ह्वाइट हाउसको यात्रा औपचारिक रूपमा २० जनवरी २०२० देखि सुरु हुनेछ । समाचार अनुसार पूर्व अमेरिकी राष्ट्रपति बाराक ओबामाको सम्भावित राजदुत नियुक्ति बेलायती प्रधानमन्त्री बोरिस जोनसनका लागि अघिल्लो अप्रिय टिप्पणीका कारण अप्ठ्यारो हुन सक्छ भनेको छ ।

 

 

सन् २०१६ मा, जब प्रधानमन्त्री जोनसनले लन्डनका मेयरको रूपमा सेवा गरिरहेका थिए, उनले द सनको लागि लेख लेखे जसमा उनले ओबामाका केन्यामा रहेका पुर्खाहरूको बारेमा टिप्पणी गरेका थिए । त्यो लेख त्यस्तो समयमा आएको थियो जब ओबामा प्रशासनले विन्स्टन चर्चिललाई ह्वाइट हाउसबाट हटाउने निर्णय गरेको थियो । त्यस समयमा उनको टिप्पणीको लागि जोनसनले कडा शब्दमा अलोचना खेप्नु परेको थियो ।

सम्बन्धित खबरहरु