काठमाडौं । चर्चित बलिउड अभिनेत्री दिशा पाटनी र टाइगर श्रफ कोरोना संकटबीच छुट्टीमा छन् । दुबैले आफ्ना तस्वीरहरु माल्दिभ्सबाट साझा गरिरहेका छन् । यद्यपि दुबैले सँगै फोटोहरू सेयर गरेका भने छैनन् । तर दुबैले आफ्नो एकल फोटोहरू साझा गरेका छन् जुन सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् ।

टाइगरले आफ्नो शर्टलेस तस्वीर साझा गरे जसमा उनलाई पहेलो शर्ट लगाएको देख्न सकिन्छ । टाइगरले यो फोटो साझेदारी गर्दै लेखेका छन, ‘कि त म ठूलो भए वा मेरो प्यान्टहरू यस लकडाउनमा सानो भए ।’ अर्कोतिर दिशाले पनि आफ्ना तस्वीरहरु इन्स्टाग्राम स्टोरीमा साझा गरेकी छिन् । यो पहिलो पटक होइन जब दिशा र टाइगर एक साथ छुट्टीमा गएका हुन् ।

 

यस भन्दा पहिले पनि, दुबै धेरै पटक एकसाथ छुट्टीमा गएका छन् । यद्यपि दुवैले छुट्टीमा जाँदा कहिल्लै पनि सँगै भएका तस्वीरहरु साझा गर्ने गरेका छैनन् । दिशाले टाइगरलाई प्रभावित गर्न गाह्रो भएको बताएकी थिइन् । केही दिन अघि दिशाले एउटा अन्तर्वार्तामा भनेकी थिइन्, ‘टाइगरलाई प्रभावित गर्न एकदम गाह्रो छ ।’

दिशाले भनेकी थिइन कि उनले वर्षौं देखि टाइगरलाई प्रभावित गर्न कोशिस गरिरहेकी थिइन, तर अहिलेसम्म सफल हुन सकेको छैन । दिशाले भनेकी छिन्, ‘धेरै वर्ष भयो र म टाइगरलाई प्रभावित गर्ने प्रयास गर्दैछु । हो, हामी सँगै खाना खान जान्छौं, तर यसको मतलब यो होइन कि उ मसँग प्रभावित छ, जसरी क्रसहरु प्रभावित भएका हुन्छन् ।

ऊ लजालु छ र मँ कोशिश पनि गरिरहेको छैन ।’ जब सामाजिक सञ्जालमा एक फ्यानले टाइगरलाई दिशालाई डेट गरिरहनु भएको छ ? भनेर साधेको प्रश्नको उत्तरमा उनले ‘मेरो भाई छैन’ भनेर जवाफ फर्काएका थिए ।

 

 

सम्बन्धित खबरहरु