बुटवल । कपिलवस्तुमा भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । बुद्धभुमी नगरपालिका– २ गोरुसिङ्गे जंगलमा भारतीय बल्कर र बस ठोकिँदा एकजनाको मृत्यु भएको हो ।

मंगलबार बिहान करिब साढे ४ बजेर युपि ४२ बि टी २३९१ नम्बरको भारतीय बल्कर र ना ८ प २५२५ नम्बरको यात्रु बाहक बस ठोकिँदा भारतको अयोध्या बस्ने वर्षीय बल्कर चालक मुन्नीलाल चौहानको घटना स्थलमा मृत्यु भएको हो ।

दुर्घटनामा बसमा सवार ४ जना घाइते भएका छन् । घाइते हुनेमा बस चालक बाँके जिल्ला राप्ती सुनारी गाउँपालिका– ४ अगैया बस्ने वर्ष २४ को कमल परियार, सोही ठेगाना भएका अर्का बस चालक वर्ष २४ को राजु परियार, बाँके कोहलपुर नगरपालिका १० बस्ने वर्ष ३६ को सन्तोष डंगोल, जिल्ला प्युठान प्युठान डुम्री बस्ने वर्ष २० को गणेश वहादुर अधिकारी रहेका छन्। उनीहरुको स्थानिय मेडिकलमा उपचार भइरहेको छ ।

सम्बन्धित खबरहरु