काठमाडौं । चर्चित रियालिटि टेलिभिजन कार्यक्रा इन्डियन आइडल प्रतिभाशाली प्रतिस्पर्धीहरूको साथ आएको छ । सोनी च्यानलले साझा गरेको नयाँ प्रोमोमा जयपुरका प्रतियोगी शहजाद अलीको जीवन कथा देखाइएको थियो ।

 

महत्वाकांक्षी गायकको दुःखद र संघर्षपूर्ण कथाले निर्णायक (जज) प्यानमा बसेकी नेहा कक्कडलाई भावुकसँगै उत्साहित तुल्यायो । उनले ति प्रतिस्पर्धीलाई आर्थिक सहयोग पनि गरेकी छिन् ।

 

इन्डियन आइडल २०२० को लागि अडिसन भइरहेको छ र चाँडै यो टिभीमा पनि आउँदैछ । तर यसै बीचमा, जयपुरका शहजादको एक भिडियो सामाजिक सञ्जालमा एकदमै भाइरल भइरहेको छ ।

उक्त जज नेहा कक्कड पनि देखिएकी छिन् । जयपुरका शहजाद अलीको परिवारका लागि बस्न पक्की घर छैन, तर उनको मुटु समुद्र जस्तो छ । उनीहरु विश्वास गर्छन् कि इन्डियन आईडल २०२० जीतेर उनी आफ्नो परिवारको लागि स्थायी घर किन्न सक्षम हुनेछन् । उनको परिवारले गर्व गर्ने वातावरण निर्माण गर्न चाहान्छन् ।

 

शहजादका लागि उनकी हजुरआमाले ८ हजार रुपैयाँ ऋण लिएकी थिइन । उक्त ऋण शहजादलाई इन्डियन आइडलको स्टेजमा पुर्याउनका लागि थियो । यो कुरा थाहा पाएपछि नेहा कक्कड यत्ति भावुक भइन् कि उनले शहजाद र हजुरआमालाई १ लाख ६० हजार रूपैयाँ सहयोग दिने निर्णय गरिन् ।

 

यति मात्र होइन, शहजादको आवाज सुन्दा अर्का जज विशालले भने कि उनी उनका लागि एक गुरु खोज्न मद्दत गर्नेछन् जसले उनलाई सही शिक्षा दिनेछन् । नेहा कक्कड र विशालको यो पहल सबैले धेरै प्रशंशा गरिरहेका छन् ।

 

उनको प्रदर्शनबाट, शहजादले सबै जजहरूको हृदयमा स्थान बनाउन सफल पनि भएका छन् । उनको कडा परिश्रम र समर्पणले नेहा यति प्रभावित भइन् कि उनले प्रोत्साहित गर्न १ लाख ६० हजार रुपैयाँ दिने घोषणा गरिन् ।

 

यो देखेर, शहजादले आफ्नो आँसु लुकाए र भने, ‘आज, म आफ्नो खुशीलाई शब्दमा व्यक्त गर्न सक्दिन । मलाई विश्वास छ मेरी हजुरआमा ममाथि गर्व गर्नुहुन्छ । म इन्डियन आइडल २०२० को मञ्चमा प्रदर्शन गर्न पनि धेरै उत्साहित छु ।’ इन्डियन आइडल सोनी मनोरन्जन टेलिभिजनमा २८ नोभेम्बरदेखि सुरु हुँदैछ ।

 

 

सम्बन्धित खबरहरु