काठमाडौ । कहिले काही चिकित्सक नै डराउने स्वास्थ्य जटिलताहरु देखिन्छन् । त्यसलाई सामना गर्न उनीहरु नै हडबढाउछन् । ६८ वर्षीया एक महिलाको आँखा अत्याधिक चिलाउँछ । उनी जाँच गर्न डाक्टरकोमा जान्छिन् ।

 

तर आँखाको बाहिर केही देखिएको थिएन । तर जाली भित्र माइक्रोस्कप लगाएर हेर्दा डाक्टरले १५ इन्चको जीवित जुका देखे । एकछिन त डाक्टर नै डराए । तरपनि शल्यक्रिया गर्न जरुरी नै थियो । त्यसपछि चिकित्सकले सर्जरी गरे र निकालिदिए ।

 

अन्तर्राष्ट्रिय सञ्चारमाध्यामका अनुसार ति महिलाको आँखामा चिलाउन र दुख्न थालेपछि महिलाले सफा पानीले धुने देखि बिभिन्न उपायहरु अपनाउँदा पनि ठीक नभएपछि उनी अस्पताल भर्ना भएकी थिइन् ।

 

उपचारका क्रममा उनको आँखामा १५ इन्च लामो जुका भेटिएको हो । अस्पताल पुगेकी ति महिलाको आँखा हेरेर डाक्टरहरू नै तर्सिएका थिए ।

 

चिकित्सले उनको आँखामा देखिएको १५ इन्चको जुका शल्यक्रिया गरेर निकालेका थिए । धेरै समय पहिलेदेखि आँखा चिलाउने समस्याबाट ग्रसित भएकी महिला आफ्नो आँखामा १५ इन्च लामो जुका भएको सुन्दा आफैँ अचम्ममा परेकी थिइन् ।

 

महिलाको शल्यक्रिया गर्ने चिकित्सकहरूले आँखाबाट जुका निकाल्न केही समय ढिला गरेको भए आँखाको ज्योति गुम्ने सम्भावना प्रबल हुने बताए।

 

आँखाभित्र नै जुकाको मृत्यु भएको भए आँखामा अन्य समस्या उत्पन्न हुन सक्ने भएकाले आँखाबाट जुका निकाल्नुभन्दा पनि जिउँदो जुका निकाल्नु चिकित्सकहरूका लागि ठूलो चुनौती बनेको उनीहरुले सफल शल्यक्रिया पछि बताएका छन् । शल्यक्रियापछि बिरामी महिला स्वस्थ रहेको पनि डाक्टरहरुले बताएका छन् ।

 

आँखाबाट निकालिएको जुकाको परीक्षणपछि उक्त महिलाको आँखामा संक्रमित जुकाको प्रजाति ‘थेलाजिया गुलोसा’ भएको भन्ने पुष्टि भएको छ । एजेन्सीको सहयोगमा

 

 

सम्बन्धित खबरहरु