काठमाडौ । नेपाल प्रकृती देवीले छटा फहराएको देश हो । यहाँ प्रकृतीले कुनै लोभ नगरिकन वरदान दिएको छ भन्दै विश्वकै मानिसले प्रसंशा गर्दछन् । प्राकृतिक रुपमा सुन्दर त छनै अहिले विकासमापनि फड्को मारिरहेको छ । फराकिला चौडा शहर, ठुला–ठुला भवन बनेसँगै नेपालका यी १० शहरमा विदेशी पुग्दा समेत उनीहरुको मुखबाट वाउ भन्ने शब्द निस्किन थालिसकेको छ । आज हामी तिनै शहरहरुका बारेमा बताउँछौ ।

काठमाडौ ।
काठमाडौ नेपालको राजधानी हो । यो एक धेरै सुन्दर पौराणिक र ऐतिहासिक शहरको रुपमा चिनिन्छ । यहाँ विश्वभरि पर्यटकहरू आउँछन् । काठमाडौँ नेपालको राजधानी तथा सबैभन्दा ठूलो सहर हो। प्रागऐतिहासिक इतिहास भएको यो नगरलाई मध्यकालमा कान्तिपुर भनिन्थ्यो । इतिहासका विभिन्न कालखण्डमा विभिन्न राजवंशले शासन गरेको यो नगर नेपालको एकिकरण देखि नेपालको राजधनीको रूपमा रहेको छ।

काठमाडौँ उपत्यका भित्र पर्ने यो सहरमा राष्ट्रपति निवास तथा राष्ट्रपतिको कार्यालय, प्रधानमन्त्रीको कार्यालय (सिंहदरवार), नेपाल सरकारको केन्द्रीय सचिवालय मन्त्रालयहरू, प्रायः सबै केन्द्रीय कार्यलयहरू, सरकारी तथा निजी टेलिभिजन स्टेसनहरू तथा थुप्रै सरकारी तथा निजी रेडियोहरू तथा समाचार संस्थाहरू रहेका छन्। नेपाली सेनाको केन्द्रीय कार्यालय जङ्गी अड्डा, सशस्त्र प्रहरी-बलको प्रधान कार्यालय तथा नेपाल प्रहरीको केन्द्रीय कार्यालय पनि यही रहेका छन् ।

बि.स. २०६८ को जनसङ्ख्या विवरण अनुसार नेपालको सबैभन्दा बढी जनसंख्या काठमाडौमा बस्छन् । पछिल्लो जनगणना अनुसार काठमाडौँको जनसङ्ख्या ९,७५,४६३ रहेको छ ।

पोखरा

पोखरा उपत्यका मध्य नेपालमा पर्दछ । यसलाई सेती उपत्यका पनि भन्ने गरिन्छ । नेपालकै दोस्रो ठूलो नगरको रूपमा रहेको पोखरा लेखनाथ महानगरपालिका र ४ वटा गाउँपालिका समेत रहेको पोखरा उपत्यकाबाट बिजयपुर, कोत्रे लगायतका खोलाहरू सेती नदीको जलधारामा मिसिएर उपत्यका बाहिर निस्कन्छन् । पोखरा उपत्यका तालहरूको दृष्टिकोणले पनि धनी उपत्यका हो । यहाँ फेवा ताल, बेगनास ताल, रूपा ताल खास्टे ताल लगायतका ठुला तथा मैदी दिपाङ, कमलपोखरी लगायतका साना तालहरू यो उपत्यका भित्रै रहेका छन् ।

वर्तमान नेपाल एकीकरण हुनु अगाडि पोखरा कास्की राज्य अन्तर्गत थियो । ऐतिहासिक कास्कीकोट उपत्यकाको उत्तरी छेउमा रहेको छ । पृथ्वी नारायण शाहका माहिला छोरा नायव बहादुर शाहको समयमा पोखरा उपत्यका बर्तमान नेपालमा मिलाईएको हो । पोखरा उपत्यकाको पोखरा उपमहानगरपालिका १८६,४१० र लेखनाथ नगरपालिका मा ४६,२२१ जनसङ्ख्या रहेको छ । साथै उपत्यकाका अन्य गांउहरूमा ३५०,००० जती जनसङ्ख्या रहेको छ ।

पोखरा तथा लेखनाथ को मुख्य व्यवसाय पर्यटन हो । यहाका रमणीय तालहरू र सेती नदी हिमाली छायां तथा झरनाहरू प्रमुख पर्यटकीय स्थल हुन । फेवा ताल मा पर्ने माछापुछ्रे को छांया तथा बेगनासमा गरीने डुङगा सवारी बिर्सिनसक्नुका छन । साथै अन्नपूर्ण पदयात्रामार्ग पनि यंहीबाट शुरू हुन्छ । साथ साथै पोखरा उपत्यका पश्चिमाञ्चल नेपालको प्रमुख शिक्षा तथा श्वास्थ केन्द्र पनि हो, नेपालकै प्रख्यात पृथ्वी नारायण क्याम्पस, जनप्रिय क्याम्पस, पोखरा विश्वविद्यालय तथा अन्य क्यापस तथा विद्यालय रहेको पोखरामा पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरा, मणीपाल मेडिकल कलेज शिक्षण अस्पताल सहित थुप्रै श्वास्थ संस्था रहेका छन्।

पोखरा उपत्यका पूर्वमा पृथ्वी राजमार्गका माध्यमले मध्य पहाडी क्षेत्र,काठमाण्डौ उपत्यका मध्य दक्षीणको चितवन उपत्यका तथा पूर्व र पश्चिम नेपालको तराइसँग जोडिएको छ भने सिदार्थ राजमार्गले पोखरालाई पश्चिम तराई, र केही पहाडी जिल्लासंग तथा धवलागिरी राजमार्गले पश्चिम उत्तरी पहाडी हिमाली क्षेत्रसँग जोडेका छन। पोखरा एकदमै रमणीय र रोचक सहर हो।

बुटवल
बुटवल उपमहानगरपालिका नेपालको लुम्बिनी अञ्चलको रूपन्देही जिल्लाको एउटा उपमहानगरपालिका हो । यो शहर तिनाउ अथवा तिलोत्तमा नदिको किनारमा अवस्थित रहेको छ । बुटवल उपमहानगरपालिका रूपमा २०७१ साल मङ्सिर १६ गते नगरपालिकाबाट उपमहानगरपालिका लागि चाहिने आवश्यक प्रक्रिया पूरा भएपछि उपमहानगरपालिका घोषणा भएको हो ।

बुटवललाई उपमहानगरपालिका घोषित गर्दा यसमा सेमलाल तथा मोतिपुर गाविसलाई समावेश गरेर यसलाई उपमहानगरपालिका घोषणा गरिएएको हो । बुटवलको २२ किमि दक्षिणमा भैरहवा शहर रहेको छ । यो नगर पश्चिम नेपालको प्रवेशद्वारको रूपमा रहेको छ । यो नगर महेन्द्र राजमार्ग तथा सिद्दार्थ राजमार्ग द्वारा नेपालको पूर्व पश्चिम तथा उत्तर दक्षिण जोडीएको छ। यातायातको सुविधा तथा भौगोलिक अवस्थितिको कारणले बुटवल पश्चिम नेपालको एक प्रमुख वाणिज्य केन्द्रको रूपमा विकास भैरहेको छ।

यो पाहड र तराइको संगममा बसेको छ। एक लाखको हाराहरी जनसङ्ख्या रहेको बुटवल द्रुतगतीमा बिस्तारीत भइरहेको छ यातायातको केन्द्र रहेको बुटवलमा केही अन्चल स्तरीय कार्यालयका साथै इलाका स्तरीय कार्यालय रहेका छन।

बुटवल बहुमुखी, वाणिज्य क्यम्पस, तिलोतमा क्याम्पस लगायतका अरू क्याम्पस तथा विद्यालय रहेको बुटवलमा लुम्बिनी अञ्चल अस्पतालका साथै सिदार्थ वाला अस्पताल लगायत अन्य सामुदायीक तथा प्राइभेट स्वास्थ संस्था समेत रहेका छन। प्रसिद्ध सिद्धबाबा मन्दिर, जीतगढी किल्ला, फुलवारी आदी छन यो शहर तिनाउनदीको किनारमा बसेको छ। बुटवलको टेलीफोन कोड नं. ०७१ रहेको छ।

नेपालको बि.स. २०६८ को जनगणना अनुसार बुटवलको जनसङ्ख्या १,२०,९८२ छ । यस मध्य पुरुष ५०%, र महिला ५०% छन् । यस नगरमा जम्मा २९,६८७ परिवार रहेका छन् । यस नगरलाई १५ वडामा बिभाजन गरिएको छ । यो जनसंख्या अझै बड्दो क्रममा रहेको छ।

भरतपुर

भरतपुर नेपालको बागमती प्रदेशको चितवन जिल्लाको एक महानगरपालिका तथा सहर हो। साविकका भरतपुर नगरपालिका, नारायणी नगरपालिका, चित्रवन नगरपालिका र कविलास गाउँ विकास समिति मिलि भरतपुर महानगरपालिका बनेको थियो। नेपालको मन्त्री परिषद अन्तर्गतको सामाजिक समितिले ६१ वटा नगरपालिका थप गर्ने र ७ वटा नगरपालिकालाई उपमहानगरपालिका बनाउने निर्णय गरेकोमा भरतपुरलाई पनि नगरपालिकाबाट उपमहानगरपालिकामा विस्तार गरको थियो। भरतपुरलाई उपमहानगरपालिका घोषित गर्दा यसमा मङ्गलपुर, फुलबारी, गीतानगर, पटिहानी तथा शिवनगर गाविसलाई समावेश गरिएको छ ।

यस उपमहानगरपालिकामा २९ वडा छन्। वि.सं. २०३५ मा तत्कालीन नगरपञ्चायतको पहिलो नगरप्रमुख मुक्तिलाल चुके यसका संस्थापक हुन्। उच्च साक्षरता भएको जिल्लाको सदरमुकाम भरतपुरको साक्षरता दर पनि उच्च रहेको छ। यहाँको साक्षरता दर ९८.५ ४ रहेको छ जसमध्ये महिलाको साक्षरता दर ९७.८४% छ भने पुरुषको साक्षरता दर ९९.१४% रहेको छ।

 

नेपालको बि.स.२०६८ को जनगणना अनुसार भरतपुरको जनसङ्ख्या २,८०,५०२ रहेको थियो जसमध्ये पुरुष जनसङ्ख्या १४६५०१, र महिला १,३४,००१ रहेको थियो। भरतपुरमामा मुख्यतया थारू, दराई, बोटे, गुरुङ,मगर,चेपाङ, तामाङ,थोरै सङ्ख्यामा राई,लिम्वुका साथै बराल,पौडेल, अधिकारी,थापा, के.सी. बोहोरा थर भएका बाहुन तथा क्षेत्री जाती श्रेष्ठ, प्रधान, महर्जन, साही लगायत थर भएका नेवार जातिका मानिसका साथै नेपालमा पाइने सबै जात जातीका मानिस बसोबास गर्दछन्।

ललितपुर

ललितपुर सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको बागमती प्रदेश अन्तर्गत १३ वटा जिल्लाहरु मध्येको ललितपुर जिल्ला काठमाडौँ उपत्यकाको दक्षिणी भेगमा अवस्थित छ । हिन्दु तथा बौद्ध धर्मावलम्बीहरूको पवित्र एवं प्रशिद्ध कृष्ण मन्दिर, अशोक स्तूप, महाबौद्ध, पाटन दरबार स्क्वायर, बंगलामुखी, विशंखुनारायण, कालेश्वर महादेवस्थान, बज्रबाराही, मछिन्द्रनाथ लगायत विभिन्न मठमन्दिर, पाटी–पौवा, स्तम्भहरु एवं सदर चिडियाखाना (जावलाखेल) तथा वनस्पति उद्यान (गोदावरी) रहनुले यस जिल्लाको प्रतिष्ठा नेपालको साथै विश्वमा समेत विस्तारीत हुन पुगेको छ ।

ऐतिहासिक र पुरातात्विक सम्पदाले भरिपूर्ण पाटन दरबार स्क्वायरलाई युनेस्कोले विश्व सम्पदा सूचिमा समावेश गरेको छ । भौगोलिक वनावट, हावापानी, वनजङ्गल, नदीनाला र ताल, विभिन्न जनजातिहरूको रहनसहन, भेषभूषा आदिको विविधताले गर्दा यस जिल्लाले विशिष्ट महत्त्व बोकेको छ । २०५८ सालको जनगणना अनुसार यस जिल्लाको जनसङ्ख्या ३,३७,७८५ मध्ये १,६५,३३० (४८.९५%) महिला र १,७२,४५५ (५१.०५%) पुरुष रहेका छन्।

 

धरान
धरान नेपालको कोशी अञ्चल , सुनसरी जिल्लाको एक उपमहानगरपालिका हो। यहाँ लिम्बु, राई, सुनुवार, याक्खा जनजातिहरूको बाहुल्यता छ तथापि विविध जाति तथा जनजातिहरूको बसोबास स्थल र कला, साहित्य, संस्कृति तथा खेलकुदको क्षेत्रमा ख्याति प्राप्त धरान हाल आएर शिक्षा, स्वास्थ्य, पर्यटकीय तथा व्यापारिक पूर्वाधारयुक्त सुन्दर सहरको रूपमा विकास हुँदै पूर्वाञ्चलको मात्र नभइ नेपालकै नमुना सहर बन्न प्रयासरत छ। धरान महाभारत पर्वत श्रृङ्खलाको छेउमा अवस्थित छ एवम् उत्तरको पहाड र दक्षिणको तराई आएर मिलेको ठाँउ हो। यसको ऊँचाई ११४८ फिट (३४९ मी.) छ। यो सहर तराई र पहाडी क्षेत्र बीच एउटा ब्यापारिक केन्द्रको रूपमा छ।

यो सहरमा पहिले पुर्वीय नेपालको लागि गोर्खा सैनिक भर्ती केन्द्रको रूपमा परिचित थियोे, जसको स्थापना सन् १९५३ मा भएको हो । धरानमा गोर्खा सैनिक भर्ती केन्द्र बन्द भई सकेको छ र त्यस भर्ती केन्द्रले उपयोग गरेको जग्गाजमिन एवम् स्थानको प्रयोग वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले थप केही नयाँ भवनहरु निर्माण एवम् पुरानाहरूको मर्मतसम्भार गरी सन् १९९३ देखि भोगचलन गर्दै आइरहेको छ।

नेपाल सरकारको मन्त्री परिषदले २०७१ वैशाख २५ गते धरान नगर पालिकामा पाँचकन्या गा.वि.स. (पानमारा)लाई समावेश गरेको एवं २०७१, मंगसीर १६ गते ६१ वटा नगरपालिका थप गर्ने र ७ वटा नगरपालिकालाई उपमहानगरपालिका बनाउने निर्णय गरेकोमा धरानलाई पनि नगरपालिकाबाट उपमहानगरपालिकामा विस्तार गरिएको हो । धरानलाई उपमहानगरपालिका घोषित गर्दा यसमा बिष्णुपादुका गाविसलाई समावेश गरिएको छ ।

नेपालको सन् २०११को जनगणना अनुसार धरानको जनसङ्ख्या ११९,९१५ छ। यस मध्ये पुरुष ४८%, र महिला ५२% छन्। नेपालको जनसङ्ख्याका हिसावले छैठौ ठूलो सहर हो। धरानमा २०,४२८ वटा घरधुरी छन्।

विराटनगर

बिराटनगर महानगरपालिका नेपालको चौथो ठुलो शहर हो, जुन साविककोशी अञ्चल अन्तर्गतको मोरङ जिल्लाको दक्षिण भागमा अवस्थित छ । हाल यो प्रदेश नम्बर १ को राजधानी पनि हो । यो नेपालको सबैभन्दा ठूलो औद्योगिक नगर पनि हो ।

यो नगर तथा आसपासका क्षेत्रमा ठूलो संख्यामा कलकारखाना, उद्योग तथा व्यवसायहरू रहेका छन् । बिराटनगर एक पारवहन तथा वाणिज्य केन्द्र पनि हो । यहाँबाट भारत तथा तेस्रो मुलुकसँग ब्यापारिक बस्तुहरू आयात निर्यात गर्ने गरिन्छ ।

नेपालको सम्बत २०६८ को जनगणना अनुसार बिराटनगरको जनसङ्ख्या २,६१,१२५ रहेको छ । जसमा पुरुष ५३% र महिला ४७% छन् । यस शहरमा नेपालका प्राय: सबै जातजातिका मानिसहरू बसोबास गर्दछन् । तर विराटनगरको पहिलो जातिको रूपमा विराट राजवंशी जातिलाई चिनिन्छ । वि.सं.२०५८ को जनसङ्ख्या अनुसार बिराटनगरको जनसङ्ख्या करीब २ लाख देखाइएको छ । नेपालमा भौगोलिक रूपमा बिराटनगर तराईको गर्मी क्षेत्र भएपनि जनघनत्व तीब्र रहेको छ । यो नेपालको चौथो ठूलो शहर पनि हो ।

बीरगंज।
वीरगञ्ज महानगरपालिका नेपालको मध्यमाञ्चल विकास क्षेत्र, नारायणी अञ्चलको पर्सा जिल्लामा अवस्थित एक महानगरपालिका हो। श्री ३ वीर शमशेर जङ्गबहादुर राणाको प्रधानमन्त्रीत्वकालमा वि.सं. १९४२-१९५८ पर्सा जिल्लाको अलौ भन्ने स्थानबाट गहवा गाँउमा सदरमुकाम सारिएपछि गहवा गाँउलाई उनैको नाममा वीरगंज नामाकरण गरिएको हो। त्यहा गहवामाई मन्दिर पनि रहेको छ।

यो नेपालको सबैभन्दा महत्त्वपूर्ण ब्यापारिक तथा पारवहन नाका हो। यहाँबाट नेपालले भारत लगायत अन्य मुलुकहरूसम्म आयात निर्यातको काम गर्ने गर्दछ। चितवन, काठमाडौँ तथा पोखरा का लागि सामान पैठारी गर्नुका साथै देशको मुख्य औद्योगिक कोरीडोर पनि हो। ठाकुरराम क्याम्पस का साथै केही अरू कलेज तथा विद्यालय तथा नारायणी अञ्चल अस्पतालका साथै केही नर्सीङ होम समेत रहेको विरगञ्जमा अञ्चल स्तरीय तथा जिल्ला स्तरीय सरकारी कार्यलयहरू पनि छन्। वीरगञ्जको एरिया कोड ०५१ हो।

हेटौडा
हेटौँडा उपमहानगरपालिका मकवानपुर जिल्लाको सदरमुकाम हो । यो नगर भौगोलीक रूपमा भित्री मधेस भनिने चितवन उपत्यका (नारायणी पूर्वी राप्ती उपत्यका पनि भनिने)को पूर्वी छेउ चुरेपाहडी श्रृङखला सँग जोडएर रहेको छ । यो मध्य नेपालको प्रमुख वाणिज्य तथा यातायात केन्द्र हो। यो महेन्द्र राजमार्ग तथा त्रिभुवन राजपथको मिलन विन्दुमा अवस्थित छ।

हिन्दू, बौद्ध, मुसलमान, क्रिश्चियन धर्मावलम्बी छन् । नेपालको मन्त्री परिषद अन्तर्गतको सामाजिक समितिले ६१ वटा नगरपालिका थप गर्ने र ७ वटा नगरपालिकालाई उपमहानगरपालिका बनाउने निर्णय गरेकोमा हेटौँडालाई पनि नगरपालिकाबाट उपमहानगरपालिकामा विस्तार गेरको हो । हेटौँडालाई उपमहानगरपालिका घोषित गर्दा यसमा वसामाडि गाविसलाई समावेश गरिएको छ ।

महेन्द्रनगर
भिमदत्त नगरपालिका(पुरानो नाम महेन्द्रनगर नगरपालिका) सुदुर पश्चिम नेपालको पश्चिम फर्केको मुख्य नाका हो। यो नगपालिका महाकाली अञ्चलको कञ्चनपुर जिल्लामा अवस्थित छ । यो नगरपालिकाको पुरानो नाम महेन्द्रनगर थियो | हाल यसको नामाकरण किसान नेता भीमदत्त पन्तको नामबाट गरिएको छ | यो जनसङ्ख्याका आधारमा नेपालको आठौँ ठूलो सहर हो। साथै सुदुर पश्चिम नेपालको एक मुख्य पैठारीकर्ता तथा यातायातको केन्द्र हो।

पूर्वबाट आएको महेन्द्रराजमार्ग यहींबाट अन्त हुने तथा सेती महाकालीका लागि सहज यातायात उपलब्ध भएकाले महेन्द्र नगर पश्चिमको एक प्रमुख बाणीज्य केन्द्र पनि हो। अञ्चल जिल्ला स्तरीय सरकारी कार्यालयहरू रहेको महेन्द्रनगर शुक्लाफाँट वन्यजन्तु आरक्षको प्रवेशद्वार रहेको र अध्यागमन कार्यालय समेत रहेकाले पर्यटक आवत जावत भइरहने शहर हो। महेन्द्रनगरमा महेन्द्र बहुमुखी क्याम्पस, सिद्धनाथ साइन्स क्यम्पस, सिद्धनाथ बहुमुखी क्याम्पस तथा महेन्द्र नगर मेडिकल कलेज लागायतका क्याम्पस तथा बिद्यालय रहेका छन।

त्यसै गरी माहाकाली अञ्चल अस्पतालका साथै केही प्राइभेट अस्पताल समेत संचालित छन। महेन्द्रनगरमा एकलाख भन्दा माथी जनसङ्ख्या रहेको छ। महेन्द्रनगरको टेलीफोन कोड नं. ०९९ हो। महेन्द्रनगर आन्तरीक विमानस्थल सहरबाट छोटो दुरीमै रहेको छ। कञ्चनपुर जिल्ला बनेपछि सर्वप्रथम यसको सदरमुकाम हाल श्रीपुर गा.वि.स.को बेलौरी बजारमा रहेको थियो। वि.सं. २०१९ सालपछि कञ्चनपुरको सदरमुकाम महेन्द्रनगर सरेको देखिन्छ।

सम्बन्धित खबरहरु