काठमाडौं । विश्वले एकपटक पुनः एडोल्फ हिटलरलाई पाएको छ । हिटलरले नामिबियाको चुनावमा ठूलो विजय हासिल गरेका छन् । यद्यपि हिटलर जर्मनीका तानाशाह होइनन्, नामिबियाका नेता हुन् । तर उनले चुनाव जितेपछि विश्वभरी नै उनै पूर्व चर्चामा रहेका हिटलर सम्झिएर धेरैले चासो राखेको पाइएको छ ।

 

क्षेत्रीय काउन्सिलको चुनावमा एडोल्फ हिटलर उनोना नामका व्यक्तिले १,१९६ मत प्राप्त गरे जबकि उनको बिरूद्ध उभिएका नेताले २१३ मात्र मतमा सन्तुष्ट हुनुपरेको थियो । एडोल्फ हिटलरको स्वापो पार्टीले देशभर ५७ प्रतिशत मत प्राप्त गरेको हो ।

 

 

अर्कोतिर हिटलरले ८५ प्रतिशत मतले जितेका हुन् । यस व्यक्तिले भने कि उनी जर्मन तानाशाह हिटलर जस्ता संसारमाथि शासन गर्ने कुनै विचार राख्दैनन् । जर्मन मिडियासँगको कुराकानीमा, एडोल्फले भने कि म सानो छँदा मलाई यो सामान्य नाम हो जस्तो लाग्थ्यो तर बिस्तारै जब म ठूलो भएँ, तब त्यस व्यक्तिको बारेमा जान्न थालें, मैले महसुस गरे कि हिटलर सारा संसारमा शासन गर्न चाहान्थ्यो ।

 

हिटलरले भने कि म अब मेरो नाम परिवर्तन गर्न चाहान्दिन किनकि धेरै ढिलो भइसक्यो । उनकी श्रीमतीले उनलाई अब एडोल्फ बोलाउन मन पराउँछिन् । हिटलरले भने कि उनको नाजी विचारधारासँग केही सरोकार छैन ।

 

उनले भने, ‘मेरो बुबाले मलाई जर्मन तानाशाहको नाम दिए । उनलाई शायद थाहा थिएन कि एडोल्फ हिटलरको विचारधारा के हो ? नभए यस्तो गर्ने थिएनन् ।’ महत्त्वपूर्ण कुरा, हिटलरले जितेको क्षेत्र पहिलो जर्मन उपनिवेश हो । नामिबिया १८८४ देखि १९१५ सम्म जर्मनीको उपनिवेश थियो ।

 

आजका उत्कृष्ट शीर्षकहरु

https://www.janaboli.com/post/314228

https://www.janaboli.com/post/314220

https://www.janaboli.com/post/314215

https://www.janaboli.com/post/314206

https://www.janaboli.com/post/314196

https://www.janaboli.com/post/311671

https://www.janaboli.com/post/314176

https://www.janaboli.com/post/314152

https://www.janaboli.com/post/314136

https://www.janaboli.com/post/310625

https://www.janaboli.com/post/314099

https://www.janaboli.com/post/314095

https://www.janaboli.com/post/314081

https://www.janaboli.com/post/310907

https://www.janaboli.com/post/314058

https://www.janaboli.com/post/314036

https://www.janaboli.com/post/310786

https://www.janaboli.com/post/314030

https://www.janaboli.com/post/310892

 

 

सम्बन्धित खबरहरु