काठमाडौ । राजधानी काठमाडौंको पुलबाट गाडी खसेको छ । काठमाडौको नारायणटार स्थित पुलबाट टाटा सुमो तल खसेको हो । ना १ ज ५३६३ नम्बरको सुमो आज बिहान पुलको बायाँतर्फको रेलिङ भाँच्दै करिब २० फिट तल खसेको छ ।

 

पुल मुनिको बाटोमा खसेको सो गाडीलाई र्‍याकरको सहायताले उठाइएको थियो । रविन तामाङले चलाएको उक्त गाडि तीव्र गतीका कारण दुर्घटना भएको प्रारम्भिक अनुमान छ । दुर्घटनामा मानवीय क्षति भने भएको छैन । गाडीको बम्पर र अगाडिको सिसा फुटेको छ ।

 

सम्बन्धित खबरहरु