BICC-Nepal
संविधानमा अन्तरवस्तुमा सहमतीको मन्त्र जपिरहेका प्रमुख दलका शीर्ष माघ ८ गतेभित्र मस्यौदा जारी गर्ने नसक्ने गरी असफल भएका छन् ।

आइतबार सहमतिको नजिक पुगेर छुटेका प्रमुख दलका शीर्ष नेताहरु अन्ततः सोमबार दिनभरिको वार्तापछि बिना सहमति छुट्टिए ।

जसले युवा सभासद्हरुलाई आक्रोशित बनायो । दिँउसो १ बजेदेखि संविधानसभाको बैठक बोलाएर असहमतीकै लागि बन्द कोठामा सहमतीको मन्त्र जपिरहेका शीर्ष नेताहरु प्रति युवा सभासदहरुले आक्रो व्यक्त गरे ।

समय हर्किरहदाँ समेत नेताहरु सहमतीको बिन्दुमा नपुग्दा कांग्रेस एमाले लगायतका दलमा आवद्ध ५० जनाभन्दा बढी सभासदहरुले शीर्ष बैठकस्थलमै होहल्ला गरेपछि उनीहरुलाई थामथुम पार्ने प्रयास एमाले अध्यक्ष केपी ओली आफैंले गर्नुप¥यो ।

एमालेका प्रकाश ज्वाला, यज्ञराज सुनुवार, रेवती भण्डारी, कांग्रेसका चन्द्र भण्डारी,  लगायतका सभासदहरुको हुल शीर्ष बैठक कक्षमा पुगेको थियो । त्यसपछि बैठकमा सहभागी दल नेताहरु अब सहमतीको आधार नरहेको भन्दै बैठक स्थल बाहिरीएका थिए ।

बैठकबाट निस्किएका तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले सहमति नभएकाले अब द्वन्द्धको शुरुवात भएको प्रतिक्रिया दिएका छन् । उनले सहमतिका लागि दुई दिन समय मागेको तर, सत्तारूढ दलहरूले अस्वीकार गरेकाले अब मुटभेट हुने प्रतिक्रिया दिए ।

एमाओवादी नेतृत्वको मोर्चाले कुनै पनि विकल्पमा जान नमानेपछि अब सहमतिको प्रयास असफल भएको एमाले बरिष्ठ नेता झलनाथ खनालले सभासदहरुलाई जानकारी गराएका छन् ।

संविधानसभा अध्यक्षले दलहरुबीच सहमति नभएपछि अब संविधान, संविधानसभा नियमावली र स्थापित मान्यता अनुरुप आफू अघि बढ्ने जानकारी गराएका छन् ।
बैठक असहमतिका बीच टुंगिएपछि सभाध्यक्ष नेम्वाङले साँझ कार्य व्यवस्था परामर्श समितिको बैठक बोलाए ।

नेम्वाङले दलका नेताहरुलाई ‘तपाईहरु असफल हुनुभयो, अब म नियम, संविधान र स्थापित अभ्यासअनुरुप प्रक्रिया अघि बढाउँछु’ भनेको स्रोतले जनाएको छ ।

नेम्वाङले यसअघि नै आफूलाई घेराउ गर्न आएका सभासदहरुलाई सहमति नभएमा राति नै संविधानसभा बैठक राखेर प्रश्नावली विशेष समितिका लागि प्रस्ताव गर्ने बताइसकेका थिए ।

अपरान्ह १ बजेका लागि बोलाइएको संविधानसभा बैठक राति ८ बजेसम्म पनि नबसेपछि सभासदहरु आक्रोशित बनेका थिए ।

माघको जाडोमा संविधानसभा भवन परिसरमा बैठक पर्खेर बसेका सभासदहरुले शीर्ष नेताहरुको बैठक चलिरहेको शंकर हलमा प्रवेश गरेर सहमतिका नाममा तमासा मात्र नदेखाउन आग्रह गरेका थिए ।

प्रश्नावली विशेष समिति बनाउने प्रस्ताव एमाओवादी नेतृत्वको मोर्चाले अस्वीकार ग¥यो ।

कार्यव्यवस्था परामर्श समितिको बैठकमा विवादित विषयमा प्रश्नावली बनाउन समिति गठनको प्रस्ताव पेश भएको छ ।

संविधान सभाको बैठकमा अब प्रक्रियामा जाने भन्दै पेश गरिएको उक्त प्रस्ताव एकीकृत नेकपा माओवादी र मधेसी मोर्चाले अस्वीकार गरेका छन् । प्रमुख चार दलका शीर्ष नेताहरुको बैठक असफल भएपछि कार्यव्यवस्था बैठक बोलाइएको थियो ।

सम्बन्धित खबरहरु