काठमाडौं । पूर्व प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (प्रचण्ड–नेपाल) पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज भारत जानु भएको छ । नेकपाभित्र चुलिएको आन्तिरक विवादबीच उहाँ आज भारततर्फ प्रस्थान गर्नुभएको हो ।

 

जानकारी अनुसार प्रचण्ड पत्नी सीता दाहालको उपचारका लागि उहाँ मुम्बई जानुभएको छ । दाहाल पत्नी सीता र छोरी गंगा दाहाललाई लिएर आज बिहान ११ बजे उहाँ भारततर्फ उड्नुभएको दाहालको सचिवालयले जनाएको छ । पछिल्लो समय पत्नी सीताको स्वास्थ्यमा समस्या देखिएपछि काठमाडौंकै मेडीसिटी अस्पाताल भर्ना गरिएको थियो ।

पार्किन्सनसँगै अन्य रोगबाट पीडित सीतालाई यसअघि पनि भारत, सिंगापुर तथा अमेरिकामा उपचारका लागि लगिएको थियो । दाहालले हिजो बसेको स्थायी कमिटी बैठकमा आफु पत्नीको उपचारका लागि भारत जान लागेको जानकारी गराउनुभएको थियो ।

 

सम्बन्धित खबरहरु