काठमाडौ । मृत्यु अघि अन्तिम वाक्यमा तीन खान बारे ऋषि कपुरले एक खास खुलासा गर्नुभएको थियो । ९० दशकदेखि बलिउडका तीनै खानलाई एउटै पर्दामा हेर्ने प्रशंसकहरुको रहर कहिलै पुरा हुन सकेन । बलिउडका सलमान, शाहरुख र आमिरलाई हामीले एउटै पर्दामा अझसम्म देखेका छैनौ । स्वर्गीय ऋषि कपुरको कुरा मान्ने हो भने अबपनि देख्न पाउँने छैनौ ।

 

कहिले चलचित्रको कथा, कहिले बजेट त कहिले समय नमिलेको जस्तो बहाना बनाउँदै उहाँहरु आजसम्म पनि एउटै पर्दामा देखिनुभएका छैनन् । दिवंगत अभिनेता ऋषि कपुरले पनि कुनै समय विवाद हुँदै यी तीन खान चाहेर पनि एउटै चलचित्रमा काम गर्न नसक्ने बताउनुभएको थियो । उहाँले मृत्यु हुनुभन्दा केही समय अघि बोलिएको थियो । त्यो अन्तिम वाक्य जस्तै थियो । उहाँले यसो भन्नुको पछाडि केही सार्थक तर्कहरु पनि दिनुभएको थियो ।

 

ऋषिले उहाँको किताब ‘खुल्लम खुल्ला’ मा अहिलेका तीन सुपरस्टारहरु (खान) किन एउटै पर्दामा देखिनु सम्भव नभएको उल्लेख गर्नुभएको छ । यदि आज शाहरुख खान इन्डस्ट्रिजमा शासन गरिरहनुभएको छ भने सलमान र आमिर उहाँसँग सेकेन्डरी भूमिका गर्न चाहानुहुँदैन ।

 

उहाँले आजका तीन खानबारे यसो लेख्नुभएको छ । “कोही खराब र कोही राम्रो अभिनेता भन्ने थिएन । तर आज यो सम्भव छैन । आज कोही पनि खान एक अर्कासँग काम गर्दैनन् । कुनै दोस्रो सुपरस्टारसँग काम गर्न तयार छैनन् ।” किनकी सबै एकसे एक छन् ।

 

 

सम्बन्धित खबरहरु