काठमाडौं । सोमबार बेलुका शक्तिशाली भूकम्पको धक्का महसुस गरिएको छ । भारतको जम्मु कश्मीरमा पौने ८ बजे जोडदार भूकम्पको धक्का महसुस गरिएको हो । भूकम्पको केन्द्र जम्मूको कतराबाट ६३ किलोमिटर पूर्वोत्तरमा थियो, जुन जमीनबाट ५ किलोमिटर गहिरो थियो । जानकारी अनुसार ५.१ रेक्टर स्केल परिमाणको भूकम्प गएको हो ।

 

 

अहिलेसम्म जनधन क्षतिको बारेमा कुनै जानकारी प्राप्त गरिएको छैन । उधमपुर, डोडा, किश्तवार र पुंछमा भूकम्पको धक्का अनुभव गरिएको थियो । दैनिक भास्करका अनुसार किश्तवाड र उधमपुर जिल्लामा भूकम्पको समयमा मानिसहरु खुला मैदानमा निस्केका थिँए ।

https://twitter.com/NCS_Earthquake/status/1348636127603802113?ref_src=twsrc%5Etfw%7Ctwcamp%5Etweetembed%7Ctwterm%5E1348636127603802113%7Ctwgr%5E%7Ctwcon%5Es1_&ref_url=https%3A%2F%2Fwww.bhaskar.com%2Fnational%2Fnews%2Fearthquake-of-magnitude-51-on-the-richter-scale-occurred-at-1932-hours-in-jammu-kashmir-128112330.html

 

सम्बन्धित खबरहरु