काठमाडौं । सोमबार एकै दिन सेयर बजारमा ३० अंकको वृद्धि आएको छ । संविधान निर्माण प्रकृयाको असर सेयर बजारमा देखिएको हो ।

राजनीतिक दल माघ ८ अघि सहमतिमा पुग्ने गरी गृहकार्य गरिरहेको सूचनाले बजारलाई बढाएको सेयर ब्रोकर बताउछन् । ३० दशमलव ०९ अंकको वृद्धि पछि बजार ९ सय ७५ दशमलव ४५ बिन्दुमा पुगेको छ । यो ३ दशमलव १८ प्रतिशतको वृद्धि हो ।

यसअघि मंसिर २७ गते राजनीतिक दल विच भएको छलफलले पनि सेयर बजारमा एक दिन उत्साह देखिएको थियो । प्रधानमन्त्रीको पहलमा प्रमुख राजनीतिक दल ८ प्रदेशको खाकामा सहमति नजिक पुगेको समाचारले सेयर बजारलाई ४ दशमलव ५२ प्रतिशतले बढाएको थियो । उक्त समय वृद्धि दुई दिन भन्दा बढी टिक्न सकेको थिएन ।

सोमबारको बजार वृद्धि भदौ ८ यताकै उच्च हो । भदौ ८ मा ९ सय ८५ विन्दुमा पुगेको नेप्से त्यसपछि माथि उक्लन सकेको छैन ।

सोमबार बजार खुलेको १४ मिनेटमा ३ प्रतिशतको वृद्धि देखिएपछि सर्किट ब्रेकरको प्रयोग गरिएको थियो । अस्वभाविक वृद्धि वा गिरावट आएपछि केहि समय बजारलाई रोक्न यस्तो ब्रेकर लगाइन्छ । १२ बजेर २८ मिनेटमा पुन खुलेको बजार त्यसपछि भने स्वभाविक रुपमा चलेको थियो ।आजको कान्तिपुरमा समाचाार छ ।

सम्बन्धित खबरहरु