काठमाडौ । विश्वकै दुर्लभ रोग स्पाइनल मस्कुलर एट्रोफीसँग लडिरहेकी नाबालिका सियोना श्रेष्ठको उपचार गर्नुपर्ने दिन एकदमै नजिक छ । अबपनि ढिलाई भयो भने हामी उहाँलाई पाउँन सक्दैनौँ की भन्ने चिन्ता छ । यसैले संसार भरीबाट आर्थिक सहयोग गरिरहेकाहरुले समेत अपिल गरिरहेका छन् । मैले त सहयोग गरे नी तपाई बाँकी हुनुहुन्छ की ?

 

भन्दै सबैलाई आग्रह गरिरहेका छन् । यही बेला उहाँकी आमालेपनि सबैलाई अब अति कम समय भएकाले सहयोग गरिदिन आग्रह गर्नुभएको छ । सहयोग संकलन हुने प्रक्रिया अहिलेपनि जारी छ । थोपा थोपा मिलेर नदी र नदी नदी मिलेर समुन्द्र बने झैं सबैको प्यारी सियोनाको उपचारका लागि संसार बाट सहयोगमा अहिले सम्म १६ करोड नेपाली रकम भन्दा धेरै संकलन भएको सियोनाको आमाले जानकारी गराउनुभएको छ ।

सियोनाका लागि २५ करोडजति उपचार खर्च लाग्दछ । यसको उपचार अमेरिकामा मात्र सम्भव छ । उहाँले छोरीको उपचारका लागि अमेरिका लिएर गइसक्नुभएको छ । सियोनाकी आमा नर्स र बाब डाक्टर हुनुहुन्छ ।

 

सामाजिक संजालमा लाइभ गर्दै उहाले आफ्नो छोरीलाइ बचाउन आग्रह गर्नु भएको छ । सियोना को पुरै उपचार को लागि २५ करोड नेपाली रुपया को खर्च लाग्ने जानकारी गराउनु भएको छ । सियोना को आमा लेख्नु हुन्छ : सियोना जन्मेको २०७६–५–२६ गते अहिले १६ महिना भयो सियोना यो रोग संग लडेको ६ महिना को उमेर देखि हो र अहिले सम्म लड्दै आको छ ।

 

सियोना नेपाल मा हुदा देखि नै धेरै स्पताल मा भर्ना भयो र पोल्याण्ड को आस्पताल मा नि आइसियू मा महिना भन्दा धेरै बसेउ तर सियोना ले हार मानेको छैन धेरै संघर्ष गर्दै आएको छ ।अब कति सहोस बिचारा यो सानो बच्चा ले तेसैले आउनुस मेरो नेपाली परिवार नानु को यो रोग लाई सधै को लागी हटाई दिउ ।

 

सियोना लाइ नया जीवन दिनु र तेस्को लाई १ या २ जना मात्र भएर हुन्न सबै को एकता चाहिन्छ सबैले please आफ्नो आफ्नो साथी परिवार मा हेल्प गर्न लाई request गर्दिनु अलि अलि गर्दै हुने हो सक्ने ले अभियान चलाई दिनु र नसक्ने ले share र आशिर्बाद दिनु ।

 

नानु को उपचार आउने भद्र सम्म मा गर्नु पर्ने छ समय धेरै कम छ । तेसैले सबैले साथ मा साथ दिनु होला है र सबै लाई धन्यवाद अहिले सम्म साथ दिनु भएको मा । र यो videos नानु को हेर्नु होला उसले सहेको यो दुख र हामी आमा बुवा ले पनि धेरै सहेको छम तर हामी हार मान्दैनौ ।

 

 

सम्बन्धित खबरहरु