काठमाडौं । मलेसिया जाने कामदारलाई विभिन्न बहानामा आर्थिक भार थपिदै गएको भन्दै बैदेशिक रोजगार व्यवसायीले नै मलेसिया कामदार पठाउन बन्द गर्नुपर्ने बताएका छन्।

पछिल्लो पटक मलेसियाका लागि भन्दै नेपालमा लागू भएको भिसा प्रक्रियाको भिएलएन र स्वास्थ्य परिक्षणका लागि सुरु भएको बायोमेट्रिक बायोमेट्रिक प्रणालीले कामदार र व्यवसायी दुबैलाई हित नभएको र मलेसिया सरकारले एकतर्फी रुपमा नेपालमा लागू गरेको भन्दै व्यवसायीले श्रम तथा रोजगार मन्त्रालयमा राज्यमन्त्री टेकबहादुर गुरुङलाई भेटी थोरैमा २ महिनाभएपनि मलेसिया कामदार पठाउन बन्द गर्नुपर्ने बताएका छन्।

आइतवार बायोमेट्रिकका विषयमा सरकारको धारणा बुझ्न मन्त्रालय गएका व्यवसायीहरुले मलेसियाले एकतर्फी रुपमा अनेकन बहानामा नेपालमा विभिन्न पाइलट प्रोजेक्ट लागू गर्न लागेकाले कामदार पठाउने मुलुक भन्दैमा चुप लागेर बस्न नहुने राज्यमन्त्रीलाई सुझाएका थिए ।
आजको नागरिकमा समाचार छ ।

सम्बन्धित खबरहरु