जनबोली/काठमाडौ चैत ९ ।  अमेरिका र क्युवाबिच मानव अधिकार रक्षाका लागि संयुक्त रुपमा काम गर्ने सहमति भएको छ । क्युवाको ऐतिहासिक भ्रमणमा रहनु भएका अमेरिकी राष्ट्रपति बाराक ओबामा र क्युवाका राष्ट्रपति राउल क्यास्ट्रोबिच मिलेर काम गर्ने विषयमा सहमति भएको हो ।

दुई देशका नेताबिच भएको भेटवार्तापछिको संयुक्त पत्रकार सम्मेलनमा क्युवाका राष्ट्रपति क्यास्ट्रोल अमेरिकाले आफ्नो देशमाथि लगाउँदै आएको व्यापार प्रतिबन्ध खुकुलो पार्ने सहमति जनाएको बताउनुभयो । यस्तै क्युवामा रहेको ग्वान्टानामो वे बन्दी गृह बन्द गर्न पनि अमेरिका सहमत भएको उहाँको भनाई छ । अमेरिकी राष्ट्रपति ओबामाले क्युवामाथिको व्यापार प्रतिबन्ध विस्तारै पूर्ण रुपमा हटाइने बताउनुभयो । ओबामा ८८ वर्ष पछि क्युवाको प्रमण गर्ने पहिलो अमेरिकी राष्ट्रपति हुनुहुन्छ ।

सन् १९५९ पछि क्युवामा अमेरिकी राष्ट्रपतिको भ्रमण भएको थिएन । पत्रकार सम्मेलनमा अमेरिकी राष्ट्रपति ओबामाले क्युवाको भविष्य अमेरिका वा अरु कुनै देशले निर्धारण गर्न नसक्ने बताउनुभयो । क्युवाली नागरिकले नै आफ्नो देश र आफ्नो भविष्य कस्तो हुने भनेर तय गर्न सक्ने उहाँको भनाई छ । राजनीतिक बन्दीका विषयमा भने क्युवाका राष्ट्रपति क्यास्ट्रोले केही बोल्न चाहनु भएन । उहाँले नाम दिनुस म आज राति नै ती बन्दीलाई रिहा गरिदिन्छु भन्नुभएको बिबिसीले उल्लेख गरेको छ ।

उहाँले आफ्नो देशमा मानवअधिकारको पूर्ण सम्मान हुने गरेको बताउँदै अमेरिका वा अरु कुनै पक्षले आरोप लगाए जस्तो मानवअधिकार हनन नभएको दाबी गर्नुभयो ।

– एजेन्सीको सहयोगमा

सम्बन्धित खबरहरु