काठमाडौ । प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा बहस लम्बिने देखिएपछि छोट्याउन प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले कानून व्यवसायीहरूका लागि समय निर्धारण गर्नुभएको छ । उहाँले कानूनविद्हरुलाई बहसका क्रममा १५ मिनेटभन्दा बढी समय दिन नसकिने भन्दै छोट्याउन आग्रह गर्नुभएको छ । उहाँले भन्नुभयो, ‘अब १०–१५ मिनेटभन्दा समय नलिइदिनुहोला । हामी दिन पनि सक्दैनौं । यहाँहरुले हठ नगर्नुहोला ।’

 

प्रधानन्यायाधीश जबराले यसपछि पनि संसद विघटनसम्बन्धी ६ वटा रिटमा सुनुवाइ बाँकी रहेको भन्दै धेरै समय नलिन आग्रह गर्नुभएको हो । उहाँले भन्नुभयो, ‘तपाईंहरुको सकिएपछि अझै बाँकी ६ वटा निवेदन छ । उहाँहरुलाई पनि समय दिनैपर्‍यो । यसलाई प्रिय नै मानिदिनुहोला ।’

 

संसद विघटनसम्बन्धी मुद्दामा संवैधानिक इजलासमा माघ ४ गतेदेखि विषयकेन्द्रित बहस भइरहेको छ । कुल १३ वटा रिट परेकामा हालसम्म ७ वटामा मात्र सुनुवाई भएको छ ।

 

प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटनको सिफारिस गर्नुभएको थियो भने सोही दिन राष्ट्रपति विद्यादेवी भण्डारीले विघटनको घोषणा गर्नुभयो । अहिले यो मुद्धा सर्वोच्चमा विचाराधिन छ ।

 

 

सम्बन्धित खबरहरु