काठमाडौ । २३ वर्षीया स्टाफ नर्स आफ्नै कोठामा मृत भेटिएकी छिन् । चितवनको भरतपुस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा कार्यरत स्टाफ नर्स लक्ष्मी जोशी मृत अवस्थामा फेला परेकी हुन्। २३ वर्षीया जोशी चितनवनको कृष्णनगरमा आफ्नै डेरामा सोमबार मृत अवस्थामा फेला परेकी हुन्।

अस्पतालकी नर्सिङ इन्चार्ज सविता पन्थीका अनुसार उनी सोमबार ३ बजे मृत फेला परेकी थिइन् । आइतबार उहाँको १ बजेको ड्युटी थियो। ३ बजेसम्म पनि अस्पताल आउनु भएन,’साथीभाइले खोजी गर्दा डेरामा पङ्खामा मृत अवस्थामा भेटिनुभयो पन्थीले भनिन् ।

उनका अनुसार मृत्युको कारण भन्ने अझै खुल्न सकेको छैन। अस्पतालबाट २०७६ असार २२ गते सेवा दिँदै आएकी थिइन्। उनी स्थायी कर्मचारी हुन्। नर्स जोशी विगत डेढ वर्षदेखि अंकोलोजी युनिटमा कार्यरत थिइन्। उनी साथीसँगै बस्दै आएकी थिइन्। साथी बाहिर रहेको बेला घटना भएको देखिन्छ ।

सम्बन्धित खबरहरु