काठमाडौं । सत्तारुढ नेकपा ओली पक्षले विराटनगरमा बृहत आमसभा गरेको छ । सभालाई प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम पनि रहेको छ । विराटनगर महानगरपालिका–२ शंकरपुरस्थित खुला मैदानमा सुरु भएको बृहत् जनसभालाई नेकपाका स्थायी कमिटी सदस्य एवं गृहमन्त्री रामबहादुर थापा ‘बादल’ सम्बोधन गरिरहनु भएको छ । पूर्व सभामुख सुवाष नेम्वाङ, प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राई लगायतका नेताहरुले सम्बोधन गरिसक्नु भएको छ । आमसभामा लाखौंको संख्यामा समर्थकहरु आएका छन् ।

सम्बन्धित खबरहरु