काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड– नेपाल समूहले सर्वोच्च अदालतको फैसलाको स्वागत गर्दै आज देशभर विजय जुलुस उत्रिन सबैमा अपिल गरेको छ । आज देशभरी विजय उत्सव मनाउँने उसको तयारी छ ।

संसद् पुनःस्थापन भएको खुसियालीमा विजय जुलुस निकाल्ने केन्द्रीय कार्यालका सचिव श्रीराम ढकालले जानकारी दिनुभएको छ । उहाँका अनुसार राजधानीको शान्तिबाटिकामा दिउँसो १२ बजे जुलुस निस्किनेछ ।

जुलुसमा अध्यक्षद्वय पुषपकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल सहभागी भएर बोल्ने कार्यक्रम तय भएको छ । दुबै अध्यक्ष अहिले चितवनमा हुनुहुन्छ । उक्त समूहले आज चितवनमा आमसभा आयोजना गरेको थियो । मंगलबार चितवन पुग्नुभएका अध्यक्षद्वय केहीबेरमा काठमाडौं आउदैहुनुहुन्छ ।

चितवनमा तय भएको बिरोध सभा विजय सभामा परिणत गर्न उहाँहरुले भनिसक्नुभएको छ । सर्वोच्च अदालतले मंगलबार संसद् विघटन बदर गर्दै पुर्नस्थापनाका लागि आदेश दिएको थियो ।

 

सम्बन्धित खबरहरु