काठमाडौं । गत पुष ५ गते सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा भंगको घोषणा गर्नुभएको थियो । झण्डै दुई महिनापछि सर्वोच्व अदालतले त्यस कदमलाई असंवैधानिक ठहर गर्दै संसद् पुनःस्थापना गर्नु भन्दै फैसला दिएको छ ।

मंगलबार अदालतले यस्तो फैसला दिएसँगै नेपाली राजनीति नयाँ मोडमा पुगेको छ । यो बीचमा उपप्रधानमन्त्री ईश्वर पोखरेलले प्रतिनिधिसभा विघटन बदर गर्ने सर्वोच्व अदालतको निर्णयलाई सम्मान गर्न नसकिने बताउनु भएको छ ।

मंगलबार मध्यरातमा ट्विट गर्दै उहाँले अदालतको निर्णय मानेपनि सम्मान गर्न नसकिने बताउनु भएको हो । उहाँले संसद विघटन बदर गर्ने सर्वोच्वको फैसलाले मुलुकको राजनीतिलाई थप अस्थीर र जटिल बनाउने दाबी गर्नुभयो ।

उहाँले लेख्नु भएको छ,‘सरकार संचालनमा गतिरोध सिर्जना हुनपुगेपछि सार्वभौम जनतामा गएर ताज़ा जनादेशका माध्यमबाट समाधान गर्ने प्रमको राजनीतिक प्रयत्नलाई कानूनी आवरणमा निस्तेज बनाउने काम भएकोछ ।सर्वोच्च अदालतको फ़ैसलाले मुलुकको राजनीतिलाई थप अस्थीर र जटिल बनाउनेछ । निर्णयलाई माने पनि सम्मान गर्न सकिन्न ।’

https://twitter.com/IshwarPokhrel/status/1364279838761119745

 

सम्बन्धित खबरहरु