काठमाडौं । विहे गर्दा केटा र केटीबीचको उमेर अन्तर कति हुन्छ होला ? सामान्य रुपमा हेर्दा धेरैमा १५ देखि २० वर्षसम्मको अन्तर कतै कतै देखिन्छ । तर पाकिस्तानबाट एक स्तब्ध पार्ने खबर बाहिर आएको छ । यहाँ एक ६० वर्षीय व्यक्तिले १४ वर्षीया बालिकासँग विहे गरेका छन् ।

धार्मिक राजनीतिक पार्टी जमीयत उलेमा ए इस्लाम बलूचिस्तानका सांसद मौलाना सलाहउद्दीन अयूबीले एक १४ वर्षीया बालिकासँग विवाह गरेको खबर पाकिस्तानी सञ्चारमाध्यमहरुमा आएको छ । यो घटना केही समय पुरानो हो ।

पहिले पनि यस घटनामा छलफल भएको थियो तर यो पक्का हुन सकेको थिएन । अब भने एक एनजीओको अपीलमा प्रहरीले यस घटनाको बारेमा फेरि अनुसन्धान थालेको छ । बालिकाका बाबुलेले पनि विवाह भएको पुष्टि गरेका हुन् ।

पाकिस्तानमा महिलाहरूको विवाहको उमेर १६ वर्ष तय गरिएको छ । यदि यो भन्दा सानो उमेरमा विवाह गरिएको छ भने कानुनी रूपमा यो अपराध हुन्छ । मौलान अयूबी बलूचिस्तानका चित्रालबाट सांसद हुन् । उनले यस विषयमा कुनै प्रतिक्रिया दिन मानेका छैनन् ।

उनी मौलाना फजल उर रहमानको पार्टीबाट सांसद बनेका हुन् । रहमान हाल पाकिस्तान लोकतान्त्रिक मोर्चाका नेता हुन् । यो मोर्चाले प्रधानमन्त्री इमरान खान सरकारको बिरूद्ध आन्दोलन चलाइरहेको छ ।

बालिकाको स्कूलले उनको जन्मदर्ताको प्रमाणपत्र दिएको छ । यसमा उनको जन्म मिति २८ अक्टुबर २००६ उल्लेख छ । यसपछि एक स्थानीय एनजीओले प्रहरीमा उजुरी दर्ता गराएर अनुसन्धान थालेको छ । मौलानाको विवाहको घटना गत वर्षको हो ।

 

सम्बन्धित खबरहरु