BICC-Nepal
एकीकृत नेकपा माओवादी सहितका विपक्षी दलहरुले आज पनि संविधानसभा बैठक अवरुद्ध गरेपछि स्थगित भएको छ । मंगल्ऽबारको बैठक सुरु हुनासाथ माओवादी र मधेसी सभासदहरुले नाराबाजी सुरु गरेपछि संविधान सभा अध्यक्ष सुवास नेम्वाङ्गले बुधबार सम्मका लागि बैठक स्थगित गरे । झण्डै एकको नाराबाजीपछि बैठक स्थगितको घोषणा गरिएको थियो ।

पूर्वप्रधानमन्त्रीद्धय माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता डा. बाबुराम भट्टराई समेत नाराबाजीमा उत्रिएका थिए । उनीहरुले सहमतिबाट संविधान जारी गर्नु पर्ने र प्रक्रियामा जान नहुने भन्दै नारा लगाए ।

विपक्षी दलका सभासदहरुले नाराबाजी सुरु भएपछि मर्यादापालकले कांग्रेस, एमाले सहितकादलका सभासदहरुलाई हाते साङ्गो बनाएर सुरक्षा दिएका थिए ।

यसअघि सोमबार मध्यरातमा प्रश्नावली समिति बनाउने प्रस्ताव पेश गर्ने क्रमम विपक्षी दलका सभासदहरुले नाराबाजी गरेका थिए । लगतै सभाध्यक्षले बैठक स्थगित गरेपछि माओवादी सभासदहरु तोडफोडमा उत्रिएका थिए ।

मंगलबारको बैठकमा भने मर्यादापालकको संख्या निकै थपिएको थियो ।

सम्बन्धित खबरहरु