ताप्लेजुङ । ताप्लेजुङको मेरिङ्देन गाउँपालिका—३ तथा जिल्लाकै दोस्रो ठूलो बजार दोभान बजारमा आगलागी भएको छ । आज बिहान १० बजे भोला पौडेलका घरबाट विद्युत् चुहिएर आगलागी भएको स्थानीयवासी गणेश कार्कीले बताउनुभयो ।

दोभान बजारमा ४९ घर जलेर पूरै नष्ट भइसकेको जनाइएको छ । उहाँले भन्नुभयो, “आगो नियन्त्रणभन्दा आइसकेको छ, केही घर भत्काएर अग्निरेखा कोरेर बचाइएको छ । ”

ताप्लेजुङको दमकल आगलागी क्षेत्रमा पुगेको र छिमेकी जिल्ला पाँचथरदेखि पनि आएर आगो नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रमुख बालरनसिंह राणाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “म पनि आगलागी क्षेत्रमा पुगे । आगलागी भीषण थियो ।” सुरक्षाकर्मी र स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा लिन सकियो ।

सम्बन्धित खबरहरु