काठमाडौं । परीक्षा केन्द्रमा सीसी क्यामेरा राख्ने तयारी भएको छ । त्रिभुवन विश्वविद्यालयले आफ्नो परीक्षा केन्द्रमा सीसी क्यामेरा राख्ने भएको हो । वार्षिक परीक्षा प्रणाली अनुसारका परीक्षा केन्द्रमा चैत २० गतेभित्र सीसी क्यामेरा जडान गर्न त्रिविको परीक्षा नियन्त्रण कार्यालयले निर्देशन दिएको छ ।

उक्त निर्देशन अनुसार सीसी क्यामेरा जडान नगर्ने परीक्षा केन्द्रलाई आगामी दिनमा परीक्षा सञ्चालन गर्न नदिने चेतावनीसमेत पनि दिइएको छ । सीसी क्यामेरामा परीक्षा सञ्चालन कक्ष, उत्तरपुस्तिका शीलबन्दी गर्ने कक्ष र प्रवेवशद्वारको सम्पूर्ण दृश्य देखिनुपर्ने र कम्तीमा डेढ महिनासम्म रेकर्ड गर्न मिल्ने हुनुपर्ने पनि परीक्षा नियन्त्रण कार्यालयको भनाइ रहेको छ ।

सम्बन्धित खबरहरु