काठमाडौ । क्रिएशन, कोका–कोला फाउन्डेशन र बोतलर्स नेपाल (तराई) लिमिटेडको संयुक्त सहयोगमा विश्व स्वास्थ्य दिवस २०२१ को अवसरमा सफाईकर्मीको लागि व्यवसायिक सुरक्षा प्रशिक्षण र स्वास्थ्य शिविरको आयोजना ग¥यो। राम्रो र स्वस्थ विश्वको उत्सवको विषयवस्तुलाई सुनिश्चित गर्दै सो कार्यव्रmम सफाईकर्मीका लागि काम गर्ने कमजोर अवस्थालाई ध्यानमा राखेर आयोजना गरिएको थियो।

कार्यव्रmममा कामको बखत र काम सक्किए पछाडि सुरक्षा उपायहरु, विभिन्न सुरक्षा गियरको प्रयोग, साइटमा व्यवसायिक दुर्घटनाहरुको रोकथाम र सुरक्षित भएर काम गर्ने अवस्थाको लागि आगो निभाउने उपकरण र अन्य सुरक्षा उपकरणहरुको प्रयोग सम्बन्धि एक सत्र समावेश थियो ।

सुरक्षा गियर सहित सुरक्षात्मक जुत्ता, टोपी, ज्याकेट, मास्क र ग्लोभ्सहरु पनि सफाईकर्मीलाई हस्तान्तरण गरियो । साइटहरुमा आगो दुर्घटना र अन्य जोखिमहरुको जोखिमलाई ध्यानमा राख्दै, प्रत्येक साइटमा आगो निभाउने उपकरणहरु र अन्य सुरक्षा सुविधाहरु पनि सुसज्जित थिए।

डा. अनुजराज कँडेलको नेतृत्वमा रहेको स्वास्थ्य शिविरमा सफाईकर्मीको स्वास्थ्य समस्या र मुद्दाहरुको बारेमा मेडिकल चेकअप र परामर्श सामिल थियो। कार्यव्रmमको अन्य प्रमुख आकर्षणहरु मध्ये एक बेलिङ्ग साइटहरुका कर्मचारीका लागि श्रम सम्झौताको हस्तान्तरण गरिएको थियो।

यो सम्झौता बेलरहरुलाई काम गर्ने बेला अवस्थामा औपचारिक रुपमा उनीहरुलाई मद्दत गर्न र कामदारहरुको फाइदाको लागि सहयोग पु¥याउन ल्याइएको हो।

यस पहलको बारेमा बोल्दै क्रियशनका संस्थापक र प्रेसिडेन्ट आनन्द मिश्राले भन्नुभयो , “वेस्ट वोर्कर्सको असुरक्षित काम गर्ने स्थितिले उनीहरुको आजीविका लगायत हाम्रो वातावरण र समाजलाई जोखिममा पार्दछ। हामी उनीहरुलाई सुरक्षा प्रशिक्षण र स्वास्थ्य शिविरहरुको माध्यमबाट सहयोग पुराउदै आएका छौ र कोका–कोला फाउन्डेशनले गर्दै आएको सहयोगमा उनीहरुको लागि अझ राम्रो र स्वस्थ जीवनका लागि हाम्रो प्रयास जारी राख्नेछौँ।”

बोटलर्स नेपाल लिमिटेडका प्रबन्ध निर्देशक श्री प्रदिप पाण्डेले भन्नुभयो , “फोहोर र रिसाइकलिंग उद्योगमा काम गर्नेहरुले धेरै व्यवसायिक स्वास्थ्य जोखिमहरुको सामना गर्दछन्। हामी यी अनसंग हिरोहरुको वीर प्रयासहरुलाई समर्थन गर्न विनम्र छौँ जसले आफ्नो स्वास्थ्य जोखिममा लिन्छन् र हाम्रो ग्रहलाई सफा बनाउन हरेक दिन खटिन्छन्।”

उक्त कार्यव्रmमको पहुच संतुन्गल, टेकु, बालकुमारी र जोरपाटीका ६ वटा भिन्न बेलिंग साइटहरुको ६७ सफाईकर्मीहरु सम्म पुगेको थियो। एक जना सफाईकर्मीले भने, “ हामी हाम्रो काममा आउने जोखिमहरुलाई परिवर्तन गर्न सक्दैनौँ तर बारम्बार सुरक्षा तालिम, मेडिकल चेकअपका साथ हामी यस्ता जोखिमहरुलाई रोक्न सक्षम छौँ र यसको लागि हामी आभारी छौँ।”

सम्बन्धित खबरहरु