काठमाडौं । बाँकेमा कोरोना महामारीका कारण मृत्यु हुनेको संख्या ६५ पुगेको छ । यो सँगै बाँकेको नेपालगञ्जमा बुधबार (आज) मध्यरातिबाट लकडाउन लगाइएको छ । नेपालगञ्ज उपमहानगर क्षेत्रभरका लागि लकडाउन लगाउने निर्णय गरिएको जानकारी दिइएको छ ।

प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले वैशाख ८ गते मध्यरातिदेखि वैशाख १५ गते मध्यरातिसम्म लकडाउन गर्न लागेको जानकारी दिनुभयो । उहाँले बाँकेमा बुधबार बिहानसम्म सक्रिय संक्रमित ७३५ पुगेको र अस्पतालहरु बिरामीले भरिएको अवस्थालाई गम्भीरतापूर्वक लिँदै लकडाउन गर्नु परेको उल्लेख गर्नुभयो ।

कोरोना संक्रमणको फैलावट रोकथाम र नियन्त्रणका लागि लकडाउन गर्नु परेको उहाँको तर्क रहेको छ । लकडाउनमा अत्यावश्यक सवारी साधनबाहेक अन्य सबै प्रकारका सेवा (बैंक तथा वित्तिय संस्था समेत) सञ्चालनमा रोक लगाइएको छ ।

सम्बन्धित खबरहरु