pk

काठमाडौं । आमिर खान अभिनित ‘ब्लकबस्टर’ चलचित्र पीकेको कथा चोरी भएको खुलासा भएको छ ।

सन् २०१३ मा प्रकाशित उपन्यास ‘फरिश्ता’बाट केही भाग चोरेको आरोपमा उपन्यासकारले मुद्धा दायर गरेका छन् ।कपिल इसापुरी नाम गरेका उपन्यासकारले चलचित्र निर्देशक र निर्माताविरुद्ध एक करोड क्षतिपूर्तिको माग गरेका   छन् ।

इसापुरीले निर्माता विधुविनोद चोपडा र निर्देशक राजकुमार हिरानीले उपन्यासबाट प्रभावित भइर धेरे दृश्य छायांकन गरेको दाबी गरेका छन् । चलचित्रमा उठाएका धेरै मुद्धा उपन्यासबाट नक्कल गरेको बताएका छन् ।

डिसेम्बर १९ तारेखमा प्रदर्शन भएको चलचित्र इसापुरीले जनवरी १ तारेखमा मात्र हेरेको बताएका छन् ।

चलचित्रमा देखाएका दृश्य , पात्र र विचार उपन्यासबाट नक्कल गरेको देख्दा अनौठो लागेको उल्लेख गरेका छन् ।

पीकेले धार्मिक परम्परामाथि खिल्लाी उडाएको आरोपमा विरोध प्रर्दशन समेत भएको थियो । व्यावसायिक रुपमा भने चलचित्रले ३ सय करोडभन्दा बढी रकम कमाएको थियो । एजेन्सीको सहयोगमा

सम्बन्धित खबरहरु