BICC-Nepalकाठमाडौं । केही दिनदेखि संविधानसभा भवनमा उत्पन्न असहज परिस्थितिमा विहिबार बैठक बस्नु अगावै चेकजाँच गर्दा १० पोका खुर्सानीको धुलो भेटिएको संसद सचिवालयका प्रवक्ता मुकुन्द शर्मा जानकारी दिए  ।

खुर्सानीको धुलो कसले र कुन प्रयोजनका लागि संविधानसभामा ल्यायो भन्ने बारेमा अनुसन्धान जारी रहेको शर्माले बताए ।

विपक्षी सभासदहरुले बिहीबारको बैठक पनि कार्यसूचीमा प्रवेश गर्न नदिई अवरुद्ध गर्ने तयारी गरिरहँदा भएको यस्तो गतिविधिलाई शंकाका रुपमा हेरिएको छ ।

संविधानसभाको बैठकमा बिहीबार सत्तारुढ दलहरु कुनैपनि हालतमा प्रक्रियामा प्रवेश गर्ने र विपक्षीहरु जुनसुकै हालतमा पनि यसलाई रोक्ने पक्षमा देखिएका छन् ।
यसअघि सोमबार राति संविधानसभा भवनमा भएको तोडफोडपछि रोयल स्टेक (मादक पदार्थ) को बोत्तल भेटिएको जनाइएको थियो ।

खुर्सानीको धुलो राखेर हामीलाई बदनाम गर्ने षड्यन्त्रः सापकोटा

एकिकृत नेकपा माओवादीका स्थायी समिति सदस्य एवं पार्टी प्रवक्ता अग्नि सापकोटाले संविधान सभा भवनमा खुर्सानीको धुलो भेटिनु, नियोजित षड्यन्त्र हो र विपक्षीहरुले हामीलाई बदनाम गराउन खुर्सानीको धुलो राखेको जानकारी दिएका छन् ।

संविधानसभाagni-sapkota2 भवन नयाँ बानेश्वरमा पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै सापकोटाले सरकारको कब्जामा रहेको संविधानसभा भवनमा अन्य दलहरुले खुर्सानीको धुलो ल्याउन नसक्ने भन्दै उनले यो सत्तारुढ दलको षढयन्त्र भएको बताए ।

उनले आफूहरु उत्पीडित जनताको पक्षमा लडिरहेको समयमा बद्नाम गराउने दुष्प्रयास भएको भन्दै यसको उचित समयमा हिसाबकिताब हुने चेतावनी दिए ।

संविधानसभा भवनमा सभासदहरुका कोट, स्वेटर लगायतका कपडा खोलेर चेकजाँच गरेको भन्दै विरोध जनाए । उनले आफूहरुले जालझेल नगरी प्रक्रियामा गए प्रतिवाद गर्ने सभाध्यक्षलाई जानकारी गराएको भन्दै उनले जबरजस्ती गर्न खोजे फेरि पनि प्रतिवाद गर्ने चेतावनी दिए ।

सम्बन्धित खबरहरु